जसपा नेपाल र लोसपाबीच एकता हुने « Khabarhub

जसपा नेपाल र लोसपाबीच एकता हुने


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकता हुने भएको छ ।

आइतबार काठमाडौंमा बसेको दुवै पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै एकीकरणमा जाने निर्णय गरेको हो।

बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतका अग्रगामी परिवर्तनका मुद्दाहरूलाई अझ मजबुत बनाउने आवश्यकतामा जोड दिएको छ। यी मुद्दाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन र न्यायपूर्ण समाज निर्माणका लागि दुवै पार्टी एकताबद्ध हुने निष्कर्षमा पुगेको जनाइएको छ।

पार्टी एकीकरणको निर्णयले मधेस केन्द्रित राजनीति मात्र नभई राष्ट्रिय राजनीतिमा पनि नयाँ सन्तुलन सिर्जना गर्ने अपेक्षा गरिएको छ। आगामी दिनमा एकीकृत पार्टीको नाम, संगठनात्मक संरचना तथा नेतृत्व व्यवस्थाबारे आवश्यक प्रक्रिया अघि बढाइने दुवै पक्षले जनाएका छन्।

उक्त निर्णयमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त प्रतिबद्धता व्यक्त गर्दै एकताबाट जनताको अधिकार, पहिचान र समावेशी लोकतन्त्रका पक्षमा सशक्त राजनीतिक हस्तक्षेप हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ९ : ०४ बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख