मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ « Khabarhub

मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो हप्तामा एक सय जना भन्दा बढीलाई पक्राउ गर्नुका साथै ३० वटा हतियार जफत गरिएको प्रहरीले मङ्गलबार जनाएको छ ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा मङ्गलबार प्रहरीले प्रकाशित गरेको तथ्यांक अनुसार डिसेम्बर–८ मा चार प्रमुख मेलबर्न सपिङ सेन्टरमा सुरक्षा अभियान सुरु भए देखि १०९ जनालाई पक्राउ गरिएको छ ।

भिक्टोरिया प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथमा छुरी हथौडा डस्टरको सेटहरु लगायतका खजना जफत गरिएको जनाएको छ । 

मेलबर्न सपिङ सेन्टरहरूमा हिंसात्मक घटनाहरूको शृङ्खला बढे पछि सुरक्षा कारबाही स्थापना गरिएको थियो ।

भिक्टोरिया प्रहरीका क्षेत्रीय अपरेसनका उपयुक्त बब हिलले किनमेल केन्द्रहरूमा प्रहरी र सुरक्षात्मक सेवा अधिकारीहरूको उपस्थिति जारी रहेको बताएका छन् ।
 
सबैले सुरक्षित महसुस गर्नुपर्ने ठाउँमा हिंसा, आक्रामकता र हतियार ल्याउनेहरूको विरुद्ध प्रहरी खडा हुने  उनले बताए । भिक्टोरिया प्रहरी अपरेसन अन्तर्गत २१७  वटा अपराध दर्ता भएका छन्, जसमध्ये ७५ वटा चोरीसँग सम्बन्धित भएको जनाइएको छ । 

भिक्टोरियाको क्राइम स्ट्याटिस्टिक्स एजेन्सीको पछिल्लो तथ्यांकले १२ महिना देखि सेप्टेम्बरसम्म चोरीका ४१ हजार ७८९ वटा घटना दर्ता भएको देखाएको छ, जुन अघिल्लो १२ महिनामा ३६ हजार १८१ थियो ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : १७ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष