प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक हजार ७७२  थप भएका हुन् । 

नयाँ मतदातासँगै जिल्लामा मतदाता सङ्ख्या ८४ हजार ६४६ पुगेको छ । यसमा पुरुष मतादाता सङ्ख्या ४४ हजार ६०३ र महिला मतदाता सङ्ख्या ४० हजार ४३ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

यसअघि भने २०७९ निर्वाचनमा महिला थारैले पछि रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर मल्लले बताए। उनका अनुसार २०७९ सालको निर्वाचनमा ८२ हजार ८७४ मतदाता थिए ।

सूचना अधिकारी मल्लका अनुसार नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरीनाथ गाउँपालिकामा पुरुष छ हजार ८६७ जना र महिला छ हजार १९६ जना गरी १३ हजार ६३ जना रहेका छन् । यसपछि खाँडाचक्र नगरपालिकामा पुरुष छ हजार १२८ र महिला पाँच हजार ८११ जना गरी जम्मा ११ हजार ९३९ छन् । 

त्यसैगरी रास्कोट नगरपालिकामा दश हजार ५१६ जना, तिलागुफा नगरपालिकामा दश हजार १२५ , शुभ कालिका गाउँपालिकामा नौ हजार ३०९, पलाँता गाउँपालिकामा आठ हजार ६७६, सान्नीत्रिवेणी गाउँपालिका सात हजार ८८० जना, पचालझरना गाउँपालिकामा सात हजार ५३८ र महावै गाउँपालिकामा पाँच हजार ६०० मतदाता छन् ।

जिल्लामा १०३ मतदान स्थल र १२७ मतदानकेन्द्र कायम गरिएका छन् । 
 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  २ : ३४ बजे

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५

फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट