कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव « Khabarhub

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । 

आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले मुख्यमन्त्रीको स्वागतमा लालगढमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले  कृषिसम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

‘मधेसलाई समृद्ध बनाउन कृषिको आधुनिकीकरण आवश्यक छ’, मुख्यमन्त्री यादवले भने, ‘त्यसैले दुई वर्षभित्र सम्पन्न हुनेगरी सिँचाइसम्बन्धी आयोजना अघि बढेका छन् ।’ 

सिँचाइसँगै आधुनिक कृषि प्रणाली अवलम्बन गर्न किसानलाई सहयोगका कार्यक्रम विस्तार गरिने उनले जानकारी दिए । 

मधेस कृषिका लागि उर्बर भए पनि खेतीपातीका लागि आवश्यक संसाधन नहुँदा किसानले अपेक्षित उत्पादन लिन नसकेका मुख्यमन्त्री यादवको ठम्याइ छ । अब प्रदेश सरकारको ध्यान कृषि संसाधन जुटाउँदै किसानलाई सहयोग गर्नेमा केन्द्रित हुने उनले बताए।

सो अवसरमा मुख्यमन्त्री यादवले मधेसको शिक्षा र स्वास्थ्य अवस्था उक्साउन विशेष योजनाका साथ काममा लाग्न जरुरी रहेको उल्लेख गरे। यसैगरी प्रदेशकै मध्यमा पर्ने बर्दिबासबाट ढल्केबरसम्म पर्यटन पूर्वाधारका विशेष योजना बनाइने उनले जानकारी दिए । 

समारोहमा कार्यक्रम आयोजक महासङ्घ मधेस प्रदेश समितिले मुख्यमन्त्री यादवलाई सम्मानपत्र प्रदान गरेको छ । कार्यक्रम महासङ्घ मधेस प्रदेश अध्यक्ष हीरालाल गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ३ : ०६ बजे

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल