भेडेटारमा तीन दिने खाना महोत्सव सुरु « Khabarhub

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि १३औँ भेडेटार खाना महोत्सव सुरु भएको छ ।

‘भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा होटल एसोसिएसन भेडेटारको आयोजनामा हुँदै खाना महोत्सव आगामी पुस १८ गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवको उद्‌घाटन कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरणमन्त्री षडानन्द मण्डलले गरे। महोत्सवमा अर्गानिक खेती प्रणालीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन तथा खानाका परिकार प्रदर्शनीमा राखिएको महोत्सवका आयोजक तथा होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए।

महोत्सवमा आउने पर्यटकलाई भेडेटारका प्रमुख आकर्षण पर्यटकीयस्थल धरान उपमहानगरपालिका– ४ र साँगुरीगढी गाउँपालिका–६ को सीमामा रहेको स्काइ वाक, पाथीभरा मन्दिर, शङ्खेश्वर मन्दिर, नाम्जेको थुम्कीस्थित आत्माघर, सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरी गढी, नाम्जेको होमस्टे तथा ध्वजे डाँडालगायत स्थानको अवलोकन गराइने अध्यक्ष लिम्बूले बताए।

महोत्सव ५० देखि ६० हजार पर्यटकले अवलोकन गर्ने र महोत्सवबाट दुई करोड रूपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ६ : ४१ बजे

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी

सरकारले छुट्टै मानसिक स्वास्थ्य नीतिको तयारी थालेको छः स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– सर्वोच्च अदालतको परमादेशपछि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न सरकारमाथि