बयानपछि केपी ओलीको स्थानहद फुकुवा « Khabarhub

बयानपछि केपी ओलीको स्थानहद फुकुवा


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएको स्थानहद फुकुवा गरिएको छ। गत भदौ २३- २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको स्थानहद सोमबार फुकुवा गरेको हो ।

आयोगले आइतबार ओली निवास गुण्डूमै पुगेर उनको बयान लिएको थियो। बयान सकिएसँगै स्थानहद फुकुवा गरिएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनेक उठाउँदै सिंहदरबारमा गएर बयान दिन तयार थिएनन्। तर आयोगले आइतबार एकजना सहसचिवलाई गुण्डू पठाएर लिखित बयान लिएको हो ।

पत्र लिएर गएको आयोगको टोलीलाई ओलीले लिखित बयान नै दिएका हुन् । उनले आइतबार नै उक्त प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा पनि अढाई घण्टा लामो बयान दिएका छन् ।

दुवै पक्षको सहमतिमा मध्यमार्ग अपनाएपछि ओलीले लिखित रूपमा बयान दिएका हुन् । आयोगको टोली आइतबार उनीकहाँ पत्र लिएर पुगेपछि बयान नै दिएर पठाएका थिए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  २ : ३४ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका