पाकिस्तानमा अहमदिया समुदायमाथि दमन जारी, कुरआन कण्ठस्थ पार्नेलाई सजाय « Khabarhub

पाकिस्तानमा अहमदिया समुदायमाथि दमन जारी, कुरआन कण्ठस्थ पार्नेलाई सजाय


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा अहमदिया समुदायमाथिको दमन अझै कम भएको छैन । गत डिसेम्बर २४ मा पञ्जाब प्रान्तस्थित लालियानको एउटा अदालतले अहमदिया समुदायका व्यक्तिले इस्लाम धर्मको पवित्र ग्रन्थ कुरआन कण्ठस्थ पार्नुलाई अपराध करार गरेको छ ।

मुबारक अहमद सानी नाम गरेका व्यक्तिले कुरआन कण्ठस्थ पारेर आफूलाई ‘हफिज’ घोषित गरेपछि अदालतले यस्तो ठहर गरेको हो । सानीलाई अदालतले ईशनिन्दाको कानुनअन्तर्गत दोषी ठहर गरेको बिटर विन्टरले जनाएको छ ।

इस्लाम धर्मावलम्बीमाझ कुरआन कण्ठस्थ पार्नुलाई निकै ठूलो उपलब्धि मानिन्छ । यस्ता व्यक्तिलाई हफिज भन्ने चलन छ, जसको अर्थ ‘कुरआनलाई कण्ठस्थ पार्ने व्यक्ति’ हुन आउँछ ।

आफूलाई हफिज घोषित गरेको अभियोगमा सानीलाई तीन वर्षको जेल सजाय सुनाइएको हो । इस्लाम धर्ममा आस्था राख्ने भएपनि पाकिस्तानमा अहमदिया समुदायलाई मुसलमान मान्ने गरिएको छैन ।

उनले आफ्नो समुदायका लागि कुरआनको व्याख्या गरिएको पुस्तक वितरण गरेको पनि आरोप लगाइएको छ । अहमदिया समुदायका दोस्रो खलिफा हजरत मिर्जा बसिरुद्दिन महमुद अहमदले व्याख्या गरेको ‘तफसिर ए शागिर’ वितरण गरेको आरोपमा भने उनलाई आजीवन कारावासको सजाय दिइएको छ ।

सन् १९५७ मा प्रकाशित यस पुस्तकलाई पञ्जाब प्रान्तमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानमा अहमदिया समुदायका हाफिजलाई अपराधी ठहर गरी सजाय दिइएको यो पहिलो घटना भएको जनाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  २ : ५५ बजे

आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितर

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा

होर्मुजको सुरक्षामा सहयोग भए–नभए पनि हामी सम्झिरहनेछौँ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू मार्गको सुरक्षाका लागि सहयोगी

इनिशा बिकलाई न्याय माग्दै दलित जेन-जी अलाइन्सको खबरदारी (तस्बिरहरू)

काठमाडौं– इनिशा बिकको सामूहिक बलात्कारपछि हत्याको विरुद्धमा काठमाडौँको माइतीघर मण्डलामा

६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ

काठमाडौं– ६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि