पाकिस्तानआबद्ध साइबर समूहको पहुँच भारतका सरकारी निकाय, विश्वविद्यालयसम्म « Khabarhub

पाकिस्तानआबद्ध साइबर समूहको पहुँच भारतका सरकारी निकाय, विश्वविद्यालयसम्म


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानआबद्ध साइबर समूहले भारतका सरकारी निकाय, विश्वविद्यालय एवम् रणनीतिक संस्थानहरुलाई लक्षित गरी साइबर आक्रमणलाई तीव्र पारेका छन् । ट्रान्सपरेन्ट ट्राइब पनि भनेर चिनिने एपीटी३६ नामक समूहले साइबर आक्रमण अभियान सञ्चालन गरेको जनाइएको छ ।

साइफर्मा नामक साइबर सुरक्षा कम्पनीमा आबद्ध शोधकर्ताका अनुसार पछिल्लो अभियानमा उक्त समूहले शुरुमा इमेलमाफर्त फिसिङ सामग्री पठाउने र सोही डिजिटल सामग्रीमार्फत साइबर आक्रमण सञ्चालन गर्दै आएको छ । उक्त सामग्रीले पीडित व्यक्ति वा संस्थाको साइबर सञ्जालमा पहुँच पु¥याएर उक्त सञ्जालमा राखिएको एन्टिभाइरसका आधारमा जासुसी गर्न मद्दत गर्छ ।

उक्त मालवेयर सामग्रीले टाढाबाट स्क्रिनशट लिन, क्लिपबोर्डको निगरानी गर्न र टाढाबाट डेस्कटपमा पहुँच पु¥याउन सक्ने साइफर्माले जनाएको छ । उक्त साइबर अपराधी समूहको उद्देश्य छोटो समयमा आर्थिक लाभ लिनेभन्दा लामो समयसम्म जासुसी गर्नु रहेको जनाइएको छ ।

यो साइबर अपराधी समूह अन्य प्रतिस्पर्धीभन्दा उन्नत र प्राविधिक पक्षमा पनि बलियो रहेको दाबी गरिएको छ । यो समूह सन् २०१३ देखि सक्रिय रहेको र यसले भारत र अफगानिस्तानसहित ३० भन्दा धेरै मुलुककहा संस्थानलाई निशाना बनाएको जनाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ५ : ४७ बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान