भारतमा एआईबाट सञ्चालन हुने स्वास्थ्य केन्द्र स्थापना « Khabarhub

भारतमा एआईबाट सञ्चालन हुने स्वास्थ्य केन्द्र स्थापना


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले ग्रेटर नोइडा क्षेत्रमा पहिलो पटक कृत्रिम बुद्धिमत्ता (एआई) बाट सञ्चालन हुने स्वास्थ्य केन्द्र स्थापना गरेको छ । भारतको सरकारी चिकित्साविज्ञान प्रतिष्ठानले पहिलो पटक एआईबाट सञ्चालन हुने स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।

विज्ञहरुले यस केन्द्र स्थापना भएसँगै छिट्टै रोगहरुको पहिचान गर्न सकिने जनाएका छन् । केन्द्रले क्यान्सर, मुटु, मिर्गौला र कलेजोमा देखिने रोगको निदान र उपचारमा सघाउ पुर्‍याउनेछ ।

टाइम्स अफ इण्डियाका अनुसार यस स्वास्थ्य केन्द्रले एआईलाई अनुवाशिंक स्क्रिनिङसँग मिलाएर शुरुवाती अवस्थामै रोगको पहिचान गर्नेछ । त्यसबाहेक रक्तपरीक्षणको विश्लेषण गर्ने र उपचारको पनि पूर्वजानकारी दिनेछ ।

प्रतिष्ठानका निर्देशक ब्रिगेडियर डा. राकेश कुमार गुप्ताले यस स्वास्थ्य केन्द्रले एआईको मद्दतबाट विभिन्न किसिमका रोगको निदान गर्ने जानकारी दिए । उनका अनुसार यसबाट स्वास्थ्यसेवामा नयाँ अवसर पनि सिर्जना हुनेछ ।

खासगरी स्वास्थ्य सेवामा काम गर्न चाहने स्टार्टअपहरुलाई यसले थप अवसर प्रदान गर्नेछ । अहिले स्वस्थ्य क्षेत्रमा बिरामी र चिकित्सक दुबै पक्षले प्रविधिको उपयोग चाहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ३६ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ