काठमाडौं– पाकिस्तानको बलोचिस्तानमा एउटै परिवारका चार जनालाई बेपत्ता पारिएको विरोधमा प्रदर्शन भएको छ । बलोचिस्तानको केच क्षेत्रमा बेपत्ता पारिएको विरोधमा प्रदर्शन भएको हो ।
बेपत्ता पारिनेमा दुई जना महिला पनि छन् । बेपत्ता पारिनेमा हानी बलोच, हैन निशा, फरिद इजाज र मुजाहिद दिलवश छन् ।
उनीहरुलाई सुरक्षा बलले हुब चौकी क्षेत्रबाट जबरजस्ती नियन्त्रणमा लिएर बेपत्ता पारेको प्रदर्शनकारीको आरोप छ । उनीहरुको अवस्था अझै अज्ञात रहेको बलोचिस्तान पोस्टले जनाएको छ ।
उनीहरुलाई बेपत्ता पारिएको विरोधमा आयोजित प्रदर्शनका क्रममा चीन पाकिस्तान आर्थिक कोरिडोरअन्तर्गत राजमार्ग ठप्प पारिएको छ । कठ्याङ्ग्रीदो चिसो र शीतलहरको परवाह नगरी प्रदर्शनकारीले आन्दोलन गरेको पोस्टले उल्लेख गरेको छ ।
पछिल्लो समय बलोचिस्तानमा पाकिस्तानी सुरक्षा बलले यसरी नागरिकलाई बेपत्ता पार्ने घटना बढ्दै गएकोमा मानव अधिकारवादी संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् ।













प्रतिक्रिया