कोशी सरकार र कर्मचारी सञ्चय कोषबीच पेन्सन व्यवस्थापनका लागि सम्झौता « Khabarhub

कोशी सरकार र कर्मचारी सञ्चय कोषबीच पेन्सन व्यवस्थापनका लागि सम्झौता


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन व्यवस्थापनका लागि औपचारिक सम्झौता भएको छ । 

२०७६ साउन १ गतेयता कोशी प्रदेश सरकार अन्तर्गतका विभिन्न निकाय र प्रदेशभित्रका स्थानीय तहहरूमा नियुक्त भएका कर्मचारीहरूको योगदानमूलक निवृत्तिभरण (पेन्सन) व्यवस्थापन गर्न आज दुई पक्षबीच सहमति भएको हो । 

सम्झौतामा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौला र सञ्चय कोषका तर्फबाट प्रशासक जितेन्द्र धितालले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार, सम्बन्धित कर्मचारीको मासिक आधारभूत तलबबाट ६ प्रतिशत रकम कट्टी गरी निवृत्तिभरण कोषमा जम्मा गरिनेछ । कर्मचारीको खातामा जति रकम कट्टी हुन्छ, त्यसमा प्रदेश सरकारले शतप्रतिशत अर्थात् थप ६ प्रतिशत रकम थपिदिने प्रावधान राखिएको छ । यसरी जम्मा भएको कुल १२ प्रतिशत रकम कर्मचारीको व्यक्तिगत खातामा जम्मा हुनेछ । 

सम्झौता कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले यो सम्झौताले कर्मचारीहरूमा नयाँ उत्साह र ऊर्जा भर्ने विश्वास व्यक्त गरे । 

मन्त्री लिङ्थेपले भने, ‘यो ऐन र सम्झौता केवल पेन्सनका लागि मात्र होइन, कर्मचारीको सामाजिक सुरक्षाका लागि पनि हो । कर्मचारीको असामयिक मृत्यु भएको खण्डमा उसको परिवार, पति/पत्नी वा छोराछोरीको भरण पोषण र भविष्यको सुरक्षाका विषयमा समेत हामीले लामो छलफल गरेर यो व्यवस्था ल्याएका हौँ । कर्मचारीको पिरमर्कामा सरकार सधैँ साथमा छ ।’

मन्त्री लिङ्थेपले कर्मचारी सञ्चय कोष एक भरपर्दो र विश्वासिलो संस्था भएको उल्लेख गर्दै अब कर्मचारीहरू ढुक्क भएर काममा लाग्न सक्ने वातावरण बनेको बताए । 

‘जब कर्मचारीको भविष्य सुरक्षित हुन्छ, तब उनीहरू कामप्रति थप जागृत र उत्प्रेरित हुन्छन् । यसले कोशी प्रदेशको सेवा प्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउनेछ र नागरिकले उत्कृष्ट सेवा पाउनेछन्,’ उनले भने ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ५ : १६ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर