पूर्वस्वास्थ्य सचिव मिश्रा मुछिएको १४ करोडको भ्रष्टाचार मुद्दामा मागियो पाँच लाख धराैटी « Khabarhub

पूर्वस्वास्थ्य सचिव मिश्रा मुछिएको १४ करोडको भ्रष्टाचार मुद्दामा मागियो पाँच लाख धराैटी


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विशेष अदालतले पूर्वस्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रासँग पाँच लाख रूपैयाँ धरौटी मागेको छ । बुधबार पूर्वसचिव मिश्रासहितविरुद्धको मुद्दाको सुनुवाइपछि विशेषले पाँच लाख धरौटी मागेको हो ।

विशेषका न्यायाधीशहरू नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले संगीतासँग पाँच लाख रूपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत कात्तिक २ गते  मिश्रसहित १५ जनाविरुद्ध विशेष अदालतमा १४ करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो ।

मिश्रासहितका उनीहरूविरुद्ध थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप छ । स्वास्थ्य सेवा विभागको तत्कालीन महानिर्देशक  मिश्रा, निर्देशक डा. श्रवण कुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा. विवेक कुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफ्ले, जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, कानुन अधिकृत सीता घिमिरे, बायोमेडिकल इञ्जिनियर आशीष चौहान, पद्मा मिश्र तथा जनस्वास्थ्य निरीक्षक सञ्जय कुमार साह र लेखापाल तिलकराम ढकालविरुद्ध मुद्दा दायर भएको थियो ।

अख्तियारले १४ करोड ६ लाख ८५ हजार पाँच सय रुपैयाँ बिगो दाबी गरेको थियो । यसैगरी ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा लिका र त्यसका सञ्चालक सुन्दर भुसालविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

मिश्रामाथि १४ करोड ४३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । प्रतिथान २ करोड ५१ लाख रुपैयाँका दरले ५ वटा मेसिनका लागि १२ करोड ५५ लाखको प्रस्ताव थियो । तर भ्याटसमेत जोडेर १४ करोड १८ लाखको लागत तयार पारिएको ठहरसहित मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ५ : १९ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ