शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड « Khabarhub

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त रहेका छन् ।
 
संयोजक दाहालले सिस्ने गाउँपालिका–५ रुमालबारास्थित ‘जनयुद्ध’का सहिद परिवारजनसँग घरमै पुगेर भेटघाट गरे । सहिद सीता घर्तीकी आमा सावित्रीले जनयुद्धका नायक रुकुमपूर्वबाट प्रतिनिधिसभामा उम्मेदवार बन्दा सिङ्गो रुकुमेली जनता उत्साहित बनेको बताए।
 
अर्का सहिद बन्दना परियारकी दिदी चेतनाले सशस्त्र युद्धका नेतृत्वकर्ता नै उम्मेदवार बनेर आउँदा रुकुमपूर्वका जनतामा नयाँ आशा पलाएको बताए। सहिद जीवन काजी ९चन्द्रबहादुर० थापाकी ८६ वर्षीया आमा चन्द्रकुमारीले सहिदका सपना पूरा गर्न सुझाव दिए ।
 
सहिद परिवारको कुरा सुनेपछि संयोजक दाहालले सहिदका सपना आफूले बिर्सनै नसक्ने बताए। सहिदको सम्मानमा राज्यका तर्फबाट विभिन्न योजना अघि बढेको जानकारी गराए।

 घरदैलो अभियानका क्रममा उनले रुकुमपूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गरे।
 

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ६ : १० बजे

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई