काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र समुदायबीचको समन्वय र सद्भावबाट मात्र मुलुकको एकता र अखण्डता अक्षुण्ण राख्न सकिने बताएका छन् ।
बुधबार विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा थारु आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले मुलुक विविधतायुक्त भएको र सबै जातजातिबीच सहकार्य र मेलमिलाप गरेर राष्ट्र र राष्ट्रियता बलियो बनाउनु आजको आवश्यकता भएको बताए ।
उनले सामाजिक सद्भाव र साम्प्रदायिक एकता मुलुकको आवश्यकता रहेको बताउँदै आपसी सद्भाव र समन्वय कायम गराउनु अझै टड्कारो बन्दै गएको धारणा व्यक्त गरे ।
सो क्रममा संविधानको धारा २९४ को उपदफा ३ बमोजिम थारु आयोगकी सदस्य शान्ति मोदी थारुले थारु आयोगको सातौँ प्रतिवेदन प्रदेश प्रमुख परशुराम खापुङलाई हस्तान्तरण गरे ।
आयोगकी सदस्य शान्ति मोदी थारुले पर्याप्त बजेट अभावमा थारु जातिको सामाजिक र धार्मिक सर्वेक्षण गर्न नसकिएकोले यस तर्फ चासो लिइदिन आग्रह गरे ।













प्रतिक्रिया