सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ « Khabarhub

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र समुदायबीचको समन्वय र सद्भावबाट मात्र मुलुकको एकता र अखण्डता अक्षुण्ण राख्न सकिने बताएका छन् । 

बुधबार विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा थारु आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले मुलुक विविधतायुक्त भएको र सबै जातजातिबीच सहकार्य र मेलमिलाप गरेर राष्ट्र र राष्ट्रियता बलियो बनाउनु आजको आवश्यकता भएको बताए । 

उनले सामाजिक सद्भाव र साम्प्रदायिक एकता मुलुकको आवश्यकता रहेको बताउँदै आपसी सद्भाव र समन्वय कायम गराउनु अझै टड्कारो बन्दै गएको धारणा व्यक्त गरे ।

सो क्रममा संविधानको धारा २९४ को उपदफा ३ बमोजिम थारु आयोगकी सदस्य शान्ति मोदी थारुले थारु आयोगको सातौँ प्रतिवेदन प्रदेश प्रमुख परशुराम खापुङलाई हस्तान्तरण गरे । 

आयोगकी सदस्य शान्ति मोदी थारुले पर्याप्त बजेट अभावमा थारु जातिको सामाजिक र धार्मिक सर्वेक्षण गर्न नसकिएकोले यस तर्फ चासो लिइदिन आग्रह गरे ।    

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ६ : ३० बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर