क्षेत्रीय सुरक्षाका लागि भारतसँग सहकार्य गर्न तयार छौँ : मलेशियन प्रतिनिधि « Khabarhub

क्षेत्रीय सुरक्षाका लागि भारतसँग सहकार्य गर्न तयार छौँ : मलेशियन प्रतिनिधि


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेशिया र भारतका रक्षा प्रतिनिधिहरु सम्मिलित रक्षा सम्मेलन सम्पन्न भएको छ । दुई देशका प्रतिनिधिहरुले एशियाली रक्षा मन्त्रीहरुको सम्मेलनका साथै प्रतिआतंकवाद विज्ञ समूहको बैठकको सहअध्यक्षता गरेका हुन् ।

सम्मेलनमा सहभागी मलेशियाको प्रतिनिधिमण्डलका प्रमुख दातो मुहम्मद अम्मिर बिन हारोनले क्षेत्रीय सुरक्षाका लागि भारतसँग सहकार्य गर्न तत्पर रहेको जनाएका छन् । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा दातो बिन हारोनले आफूहरु क्षेत्रीय सुरक्षा र स्थीरताका लागि सहकार्य गर्न तत्पर रहेको बताएका हुन् ।

उनले दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानमा रणनीतिक साझेदारका रुपमा भारतको भूमिका महत्वपूर्ण रहेको बताए । उनले यसै वर्षको सेप्टेम्बर महिनामा मलेशियाका रक्षा महासचिवले भारत भ्रमण गर्न लागेको जानकारी पनि दिए ।

यसबाट दुई देशबीच रक्षा सहकार्य र नीतिगत संवाद थप मजबुत हुने अपेक्षा गरिएको छ । दुई पक्षबीच व्यवहारिक रक्षा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : २८ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले