पाकिस्तानको सिन्धमा प्राध्यापकहरु आन्दोलित « Khabarhub

पाकिस्तानको सिन्धमा प्राध्यापकहरु आन्दोलित


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्काल शिक्षा सुधारको माग गर्दै पाकिस्तानको सिन्ध प्रान्तमा प्राध्यापक र लेक्चररहरुले आन्दोलन थालेका छन् । सिन्ध प्रोफेसर एण्ड लेक्चरर एशोसिएशनले तत्काल पाँच तहको सुधार लागू गर्न माग राख्दै आन्दोलनको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनको आयोजना गर्दै एशोसिएशनका केन्द्रीय अध्यक्ष प्राध्यापक मुनवर अब्बसले प्रान्तव्यापी आन्दोलनको घोषणा गरेका हुन् । शिक्षकहरुको माग पूरा गर्न दबाब दिने उद्देश्यले आन्दोलनको घोषणा गरिएको उनको भनाइ छ ।

आफूहरुको माग सम्बोधन नभए फेब्रुअरी महिनादेखि शिक्षालय बन्द गर्नेसम्मको कार्यक्रम राखिएको उनले बताए । उनले पाँच तहको सुधार कार्यक्रमका साथै बढुवा र सेवासम्बन्धी माग तत्काल सम्बोधन गर्न समेत सरकारलाई आग्रह गरे ।

पछिल्लो समय सरकारले बेवास्ता गर्दा सिन्धका कलेजको अवस्था खराब बन्दै गएको, कलेजमा फर्निचन र अन्य संरचनाको कमी रहेको र सरसफाइको अवस्था पनि कमजोर रहेको जनाइएको छ । त्यसबाहेक पाठ्यक्रममा सुधार हुन नसक्दा विद्यार्थीको योग्यता पनि कमजोर देखिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ८ : १४ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ