भारतीय सेनाद्वारा श्रीलंकामा तेस्रो बेलीब्रिज निर्माण सम्पन्न « Khabarhub

भारतीय सेनाद्वारा श्रीलंकामा तेस्रो बेलीब्रिज निर्माण सम्पन्न


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सेनाले श्रीलंकामा पूर्वाधार पुनर्निमाणको कामलाई तीव्र पारेको छ । यसै क्रममा भारतीय सेनाको इन्जिनियर कार्यदलले तेस्रो बेलीब्रिज पुल निर्माण सम्पन्न गरेको छ ।

श्रीलंकाको बी–४९२ राजमार्गमा भारतीय सेनाको कार्यदलले १२० फिट लामो बेलीब्रिज निर्माण सम्पन्न गरेको समाचार संस्था एएनआईले जनाएको छ । सामाजिक सञ्जालमा पोेस्ट गर्दै भारतीय सेनाले यसबारे जानकारी दिएको हो ।

श्रीलंकाको मध्य प्रान्तमा निर्मित यस पुलले केन्डीलाई नुवारा एलिया जिल्लालाई जोड्ने जनाइएको छ । यसअघि भारतीय सेनाले जाफ्ना र केन्डी क्षेत्रमा यस्तै पुल निर्माण गरिसकेको छ ।

श्रीलंकामा आएको डिट्वा नामक आँधीपछि भारतीय सेनाले पुनर्निमाणको काम अघि बढाएको हो । आँधीपछि श्रीलंकालाई सहयोग गर्न भारतले अपरेशन सागर बन्धु नामक अभियान नै सञ्चालन गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ८ : ३३ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ