२४ घण्टामा देशभर विपदका २० घटना « Khabarhub

२४ घण्टामा देशभर विपदका २० घटना


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपदका २० घटना भएको जनाएको छ ।

त्यसमध्ये १६ वटा आगलागीका घटना भएका छन् । यस्तै, चार वटा जनावर आक्रमणका घटना भए । प्राधिकरणका अनुसार, विपदमा परेर दुई जनाको ज्यान गयो भने पाँच जना घाइते भए । यस्तै, विपदका कारण २५ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

सिरहामा तीन, मोरङ, बारा र रौतहटमा दुई, सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान, बझाङमा आगलागीका घटना घटे । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको पाइएको छ ।

प्राधिकरणका अनुसार, सुनसरी, सप्तरी, चितवन र दैलेखमा भने जनावरका घटना घटे । प्राधिकरणले सुक्खा मौसममा आगलागीका घटनामा वृद्धि हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ७ : ५४ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,