होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली « Khabarhub

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार एक कार्यक्रम आयोजना गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जनवरी २७ मा होलोकास्ट पीडितहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

द्वितीय विश्वयुद्धका क्रममा नाजी शासनद्वारा ६० लाख यहुदीको संहार गरिएको स्मरणमा सन् २००६ देखि उक्त विश्व संस्थाको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले होलोकास्टको पीडाबाट अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र संरचनाको विकास भएको उल्लेख गरे। उनले मानव अधिकार, सहिष्णुता र सम्मानको प्रवद्र्धन आजको आवश्यकता भएको बताए ।

नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले होलोकास्ट मानव सभ्यतामाथिको कालो दाग भएको उल्लेख गर्दै जातीय घृणा, विभेद र सम्पूर्ण समुदायलाई नष्ट गर्ने सोचको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले यस्ता घटनाहरू दोहोरिन नदिन स्मरण र शिक्षा अत्यावश्यक भएको बताए ।

त्यस अवसरमा जर्मनी र अष्ट्रेलियाका कूटनीतिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । साथै होलोकास्टकी जीवित साक्षी सोफिया गेलरको सन्देश प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ८ : ५९ बजे

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको