आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई « Khabarhub

आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कास्की– स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधि हात पार्न सफल भएको छ । शुक्रबार लेखनाथको भण्डारढिकमा सम्पन्न फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीको टोलीलाई टाइब्रेकरमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित समयको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। होराइजनका जर्सी नम्बर ९ का स्ट्राइकर बसन्तबहादुर रानाले खेलको ६१औँ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि गण्डकी प्रदेश प्रहरीका जर्सी नम्बर ४४ का मिडफिल्डर रोजल दाहालले अतिरिक्त समयको ९२औँ मिनेटमा गोल गर्दै खेललाई बराबरी बनाएका थिए ।

अतिरिक्त १० मिनेटमा पनि कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा होराइजन क्लब वालिङ्गका खेलाडीले धैर्य, संयम् र आत्मविश्वास प्रदर्शन गर्दै उपाधि आफ्नो हातमा पारेका थिए ।

उपाधिसँगै च्याम्पियन होराइजन क्लब वालिङ्गले नगद चार लाख ९९ हजार ९९९ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको गण्डकी प्रदेश प्रहरीको टोलीले ३ लाख ३३ हजार ३३३ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

आदर्श युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष पदम गुरुङको अध्यक्षता तथा सचिव सन्तोष गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो। समारोहका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले विजेता समुहलाई पुरस्कार वितरण गरेका थिए ।

उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई पुरस्कार प्रदान गरिएको थियो । गण्डकी प्रदेश प्रहरीका जर्सी नम्बर ४४ का रोजल दाहाल उत्कृष्ट खेलाडी घोषित भए भने होराइजन क्लबका सुन्दर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बन्न सफल भए ।

उत्कृष्ट गोलरक्षक होराइजनका टोपबहादुर राना, उत्कृष्ट डिफेन्स होराइजनकै सन्दीप श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर तथा प्लेमेकर गण्डकी प्रदेश प्रहरीका सुशील लामा घोषित भए । फेयर प्ले टिमको उपाधि तनहुँ जिल्ला फुटबल विकास समिति (एन्फा तनहुँ) ले प्राप्त गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ७ : ०८ बजे

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो