आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई « Khabarhub

आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कास्की– स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधि हात पार्न सफल भएको छ । शुक्रबार लेखनाथको भण्डारढिकमा सम्पन्न फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीको टोलीलाई टाइब्रेकरमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित समयको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। होराइजनका जर्सी नम्बर ९ का स्ट्राइकर बसन्तबहादुर रानाले खेलको ६१औँ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि गण्डकी प्रदेश प्रहरीका जर्सी नम्बर ४४ का मिडफिल्डर रोजल दाहालले अतिरिक्त समयको ९२औँ मिनेटमा गोल गर्दै खेललाई बराबरी बनाएका थिए ।

अतिरिक्त १० मिनेटमा पनि कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा होराइजन क्लब वालिङ्गका खेलाडीले धैर्य, संयम् र आत्मविश्वास प्रदर्शन गर्दै उपाधि आफ्नो हातमा पारेका थिए ।

उपाधिसँगै च्याम्पियन होराइजन क्लब वालिङ्गले नगद चार लाख ९९ हजार ९९९ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको गण्डकी प्रदेश प्रहरीको टोलीले ३ लाख ३३ हजार ३३३ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

आदर्श युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष पदम गुरुङको अध्यक्षता तथा सचिव सन्तोष गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो। समारोहका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले विजेता समुहलाई पुरस्कार वितरण गरेका थिए ।

उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई पुरस्कार प्रदान गरिएको थियो । गण्डकी प्रदेश प्रहरीका जर्सी नम्बर ४४ का रोजल दाहाल उत्कृष्ट खेलाडी घोषित भए भने होराइजन क्लबका सुन्दर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बन्न सफल भए ।

उत्कृष्ट गोलरक्षक होराइजनका टोपबहादुर राना, उत्कृष्ट डिफेन्स होराइजनकै सन्दीप श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर तथा प्लेमेकर गण्डकी प्रदेश प्रहरीका सुशील लामा घोषित भए । फेयर प्ले टिमको उपाधि तनहुँ जिल्ला फुटबल विकास समिति (एन्फा तनहुँ) ले प्राप्त गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ७ : ०८ बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको