‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई « Khabarhub

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबलको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल सङ्घले जितेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेर गण्डकी च्याम्पियन बनेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि जित्न सफल भयो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो । यससँगै अघिल्लो संस्करणको फाइनलमा पुलिससँग बेहोरेको हारको बदला गण्डकीले लिन सफल भयो ।

च्याम्पियन बनेको गण्डकीले ट्रफीसहित रु छ लाख ६६ हजार ६६६ पायो । उपविजेता पुलिसले रु तीन लाख ६६ हजार ६६६ मा चित्त बुझायो । यसैगरी प्रतियोगितामा तेस्रो भएको पर्वत जिल्ला भलिबल सङ्घले रु दुई लाख छ हजार ६६६ पायो । तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा गण्डकीका मुस्ताफा खान सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु २६ हजार ६६६ पाए ।

यसैगरी उत्कृष्ट सर्भर गण्डकीका अद्नान खान, लिविरो नेपाल पुलिसका भीमबहादुर गाहा, सेटर गण्डकीका बलराम गुरुङ, ब्लकर गण्डकीका फहद राज, स्पाइकर पर्वत भलिबल सङ्घका फकर वाट्टु, प्रशिक्षक गण्डकीका रमेश केसी घोषित भए । उनी हरुले जनही रु ११ हजार १११ प्राप्त गरे ।

विजेता टोली तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई पोखरा महानगर प्रमुख धनराज आचार्य, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण शर्मा लगायतले पुरस्कार वितरण गरे ।

यसअघि शुक्रबार सम्पन्न महिलातर्फको फाइनल खेलमा उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको थियो । जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्यान्ड क्विन्स तेस्रो बने । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोली सहभागी भएका थिए ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १० : ५२ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न