प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ « Khabarhub

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल क्लब च्याम्पियनसिप, वुमन्स २०२६ मा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई आज बिदाइ गरेका छन् ।

माल्दिभ्समा यही माघ २१ देखि माघ २७ गतेसम्म उक्त प्रतियोगिता हुने भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले भलिबल टोलीलाई विदाइ गरेका हुन् । उक्त टोलीमा १४ खेलाडी र चार अफिसियल रहेका छन् ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष रहनुभएका महानिरीक्षक कार्कीले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई सिङ्गो नेपाल र नेपालीको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी अन्तरराष्ट्रियस्तरमा देश र सङ्गठनको गौरव बढाउन टोलीलाई शुभकामना दिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरूलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ८ : २९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने