बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ « Khabarhub

बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैंग्लोरबाट पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेत पठाएको छ।

जाजरकोटकी एक युवतीले ठगुन्नाविरुद्ध जबरजस्ती करणीको आरोपमा उजुरी दिएकी थिइन्। पीडित युवती न्यायको माग गर्दै गत २५ मंसिरदेखि काठमाडौंको माइतीघर मण्डलमा अनशनरत थिइन्।

ठगुन्नाविरुद्ध जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए। फरार अवस्थामै उनलाई भारतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पूर्वप्रहरी ठगुन्ना कार्यालयमा हाजिर नभएको कारण कोशी प्रदेश प्रहरी कार्यालयले गत कात्तिकमा सेवाबाट हटाएको थियो।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  २ : १९ बजे

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया