आजका समाचार : राष्ट्रियसभा अधिवेशन अन्त्य, प्रसाईँले बालेन-सोबिताबारे नयाँ खुलासा गर्ने, दोस्रो खेलमा पनि नेपालको हार र बङ्गलादेशमा मतदान « Khabarhub

आजका समाचार : राष्ट्रियसभा अधिवेशन अन्त्य, प्रसाईँले बालेन-सोबिताबारे नयाँ खुलासा गर्ने, दोस्रो खेलमा पनि नेपालको हार र बङ्गलादेशमा मतदान


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

बिहीबार रुपन्देहीमा आयोजित निर्वाचन केन्द्रित पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले प्रतिस्पर्धाका नाममा दुस्मनीको खडा गरेर वा विपक्षीलाई गाली गरेर नभई कांग्रेसले अघि सारेका एजेन्डाका आधारमा चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेपालका सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र आवश्यक कानुनहरू बनाउने कामका लागि बदलिएर आएको कांग्रेसले देशको नेतृत्व गर्ने गरी पार्टीलाई पहिलो दलको रुपमा स्थापित गराउनुपर्ने उनले बताए । शर्माले चुनाव जित्नका लागि यसअघि कांग्रेसले गरेका कामहरू नै पर्याप्त रहेको दाबी गरे ।

रक्षा मन्त्रालय मातहतका विकास आयोजना तथा कार्यक्रमको प्रगति समीक्षा

भारत सरकारद्वारा नेपाललाई सहयोग स्वरुप सवारीसाधान हस्तान्तरण

‘निर्वाचनमा श्रीमतीलाई फलानो पार्टीमा भोट हाल्नु भनेर दबाब दिन पाइँदैन’

आगामी संसद्‌मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन

राष्ट्र संकटमा कम्युनिष्टहरूबीच सहकार्य हुँदै आएको छ : प्रचण्ड

देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईँले विगतमा आफूहरूले भनेको कुरा मिलेको दाबी गरेका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रसाईँले विगतमा आफूले भनेको कुरा मिलेको र आगामी फागुन २१ गतेअघि बालेन्द्र शाह र सोबिता गौतमको विषयमा नयाँ खुलासा गर्ने बताएका हुन् ।

प्रसाईँले पहिलो भिडियोमार्फत अमेरिकाको एनईडी नामक संस्थाका तर्फबाट नेपालमा भएको लगानीको भण्डाफोर गरेको भन्दै सो कुरा सत्य प्रमाणित भएको दाबी गरे । त्यस्तै, उनले दोस्रो भिडियोमार्फत बालेन्द्र शाह निश्चल खरेलबाट सञ्चालित रहेको भनेर दाबी गरेको भन्दै यसबारे कसैले खण्डन नगरेको जनाएका छन् ।

साथै, सुमना श्रेष्ठ अमेरिकी डिफेन्स र बीसीजी ग्रुपसँग जोडिएकी छिन् भनेको भन्दै यसबारे पनि कसैले खण्डन नगरेको दाबी गरेका छन् ।

त्यस्तै, दोस्रो भिडियोमा डिजिटल बीआरआई हुवावेको बिलिङ ठेक्का तोडिन्छ भनेर दाबी गरेअनुसार नै तोडिएको पनि प्रसाईँले भिडियोमा भनेका छन् ।

सिन्धुलीमा आशिष गजुरेलले रास्वपाबाट टिकट लिनुअघि हरिबोलसँग गरेका थिए सल्लाह

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

ममाथिका आरोपमा अदालतले न्याय दिनेछ : रवि लामिछाने

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

मोस्का दाजुभाइसँग निरीह भएपछि इटालीसँग नेपालको लज्जास्पद पराजय
इटालीसँग नेपालले लज्जास्पद हार व्यहोरेको छ । आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो ।

नेपालले दिएको १ सय २४ रनको झिनो लक्ष्य इटालीले ११ ओभर ४ बलमा कुनै विकेट नगुमाइ भेट्टायो ।

ब्याटिङ र बलिङ दुबै क्षेत्रमा निरीह देखिएको नेपालका बलरले इटालीको कुनै पनि विकेट लिन सकेनन् । इटालीको जितमा ओपनिङमा आएका मोस्का दाजुभाइले उत्कृष्ट प्रदर्शन गरे ।

खेलमा दाजु एन्थोनी मोस्काले ३२ बलमा ६२ रन बनाए । यस क्रममा उनले तीन चौका र छ छक्का प्रहार गरे । त्यस्तै, भाइ जस्टिन मोस्काले पनि ४४ बलमा ६० रन बनाए । यस क्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरे ।

इटालीविरुद्ध नेपाली बलर निरीह देखिए । एक ओभर बलिङ गरेका ललित राजवंशीले १९ रन दिए । त्यस्तै, एक ओभर बलिङ गरेका नन्दन यादवले १२ रन दिए ।

दुई ओभर बलिङ गरेका करण केसीले २१ रन दिए । तीन ओभर बलिङ गरेका सन्दीप लामिछानेले ३१ रन दिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको हो ।

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

‘अस्ट्रेलिया र भारत नेपाल आएर खेलिदिए हाम्रो क्रिकेट अझै फैलिने थियो’

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित

इटालीसँगको खेलअघि रंगशाला बाहिर नेपाली समर्थक (तस्बिरहरू)

टी–२० विश्वकपमा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल सस्तैमा आउट

नेपाल-इटालीको खेल : तीनकुनेमा कुमा सागरको सांगीतिक कार्यक्रम

इटालीविरुद्ध दबाबमा नेपालको ब्याटिङ

कोशी सरकारले प्रदेश आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको छ ।

विराटनगरमा बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको भने आयोजना छनोट तथा वर्गीकरण आयोजना बैंक व्यवस्थापन कार्यविधि लाई संशोधन गर्नका लागि आर्थिक सामाजिक तथा पूर्वाधार समितिमा लैजाने निर्णय समेत गरेको उनले बताए ।

त्यस्तै बैठकले सहज संक्रमण रणनीति कार्यान्वयनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्तरीय एलडिसी ग्रयाजुयसेन कार्यान्वयन समिति गठन गर्ने निर्णय गरेको छ ।

‘अफ्रिकन स्वाइनफिभर’को जोखिम बढ्यो, सतर्कता अपनाउन आग्रह

पशुपतिमा महाशिवरात्रीको तयारी अन्तिम चरणमा

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

रसुवामा सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न प्रयोगशाला परीक्षण

मधेस प्रदेशमा ६७ कानुन निर्माण

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवन (तस्बिरहरू) 

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ । वर्षौको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको लोकतन्त्रको महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ ।

बिहीबार बिहान ढिलो सुरु भएको मतदान मध्यान्हसम्म राजधानी ढाका र अन्य सहरका केन्द्रहरूमा उत्साहजनक सहभागितासहित अघि बढेको थियो । मतदान बिहीबार जारी रहनेछ भने नतिजा शुक्रबार सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

पूर्वप्रधानमन्त्री हसिना देशबाट बाहिरिएपछि र उनको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाएपछि पहिलो पटक भएको यस निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाता सहभागी हुन योग्य रहेका छन् । हसिना हाल भारतमा निर्वासनमा बस्दै आएका छन् ।

बङ्गलादेश नेसनलिस्ट पार्टी(बिएनपी)का तारिक रहमान आगामी सरकार गठनका प्रमुख दाबेदारका रूपमा देखिएका छन् । उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका पुत्र हुन् र १७ वर्ष लन्डनमा स्व–निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका थिए । उनले लोकतान्त्रिक संस्थाहरूको पुनर्निर्माण, विधिको शासन सुदृढीकरण र सङ्घर्षरत अर्थतन्त्र पुनर्जीवित गर्ने प्रतिबद्धता बताएका छन् ।

उनलाई चुनौती दिने शक्तिका रूपमा जमात–ए–इस्लामीको नेतृत्वमा ११ दलीय गठबन्धन अघि आएको छ । हसिनाको शासनकालमा प्रतिबन्धित उक्त इस्लामवादी दलले पछिल्लो समय प्रभाव बढाएको छ । यसले विशेषगरी महिला र धार्मिक अल्पसङ्ख्यक समुदायमा चिन्ता बढाएको छ ।

अमेरिकालाई जापानको साढे पाँच खर्ब डलर प्रतिबद्धता

सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु 

युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग

दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु




















प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ७ : ५६ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको