सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि « Khabarhub

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

कास्की– मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । 

पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि चुम्यो । च्याम्पियन बनेको सहाराले ट्रफीसहित रु १४ लाख एक हजार पुरस्कार पाउँदा उपविजेता जावलाखेलले रु सात लाख एक हजार र ट्रफीमा चित्त बुझायो । सहाराले विसं २०७० मा पहिलोपटक उपाधि जितेको थियो ।

सहारालाई च्याम्पियन बनाउने क्रममा खेलको २५औँ मिनेटमा फरवार्ड मुकुन्दकुमार निउरेले गोल गरे । सुशील लामाको कर्नर बललाई निउरेले उत्कृष्ट हेड गर्दै गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको घरेलु टोलीले दोस्रो हाफमा पुनः एक गोल थप्न सफल भयो । खेलको ७३ औँ मिनेटमा सहाराका विदेशी खेलाडी टाय डिनियल बादारुले हेडमार्फत गोल गरेपछि टोलीको जित पक्का गरे । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि सहाराका मुकुन्दकुमार निउरे घोषित हुँदै एक थान इलेक्ट्रिक स्कुटर पाए । यसैगरी उत्कृष्ट डिफेन्डर सहाराका बादारु घोषित, सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईजका पापा आईबोउ केबे, उदियमान खेलाडी सहाराका मुकुन्दकुमार निउरे, स्ट्राईकर जावलाखेल युथ क्लबका धर्वेन्द कुँवर, गोलकिपर सहाराका टीकेन्द्र थापा, मिडफिल्डर जावलाखेलका बाउबकर सिसिको, प्रशिक्षक सहाराका सुनिल रानामागर र ‘फेयर प्ले अवार्ड’ आभा फुटबल क्लब उज्वेकिस्तानले पाए । 

उनीहरूले जनही नगद २५ हजार पुरस्कार पाएका छन् । सहारा क्लब पोखराको आयोजनामा गत माघ २७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा विदेशी तीन र नेपालका नौ गरी १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । 

विजेता खेलाडी गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, मुख्य प्रायोजक हिमश्री फ्ड्सका कार्यकारी निर्देशक प्रकाश केसी लगायतले पुरस्कार वितरण गरे। 

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : ५४ बजे

ड्रागनफ्रुट खेतीबाट २५ लाख कमाउने ७२ वर्षीय मानबहादुर को अपेक्षा

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–६ का मानबहादुर तामाङ उमेरले ७२ वर्ष

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मात्र १५औँ महाधिवेशन गराउने अधिकार छ : निधि

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी

ग्यास अभावमा आत्तिनुपर्ने अवस्था छैन : मन्त्रालय

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको मागमा चाप बढेर

पार्टीलाई एकजुट बनाउन लचिलो बनौँ : गच्छदार

काठमाडौं- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टीमा देखिएको आन्तरिक विभाजन