बालेनलाई गगनको जवाफ : यार्सागुम्बा र मार्सी धानको गीत गाएर मात्रै कर्णालीको विकास हुँदैन « Khabarhub

बालेनलाई गगनको जवाफ : यार्सागुम्बा र मार्सी धानको गीत गाएर मात्रै कर्णालीको विकास हुँदैन

प्रधानमन्त्री भएपछि जादु गर्छु भन्दै नहिँड्न सुझाव


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णालीको विकासका लागि संविधान र कानुनका प्रावधान नै फेर्नुपर्ने बताएका छन् ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

केही दिनअघि वीरेन्द्रनगरमै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पुराना शक्तिका कारण कर्णाली पछि परेको टिप्पणी गरेका थिए ।

तर, बालेन्द्रको उक्त कुराको जवाफ दिने क्रममा गगनले कर्णालीमा उत्पादित मार्सीधान र यार्सागुम्बाको गीत गाएर मात्रै विकास नहुने बताएका हुन् ।

‘कर्णालीको यार्सागुम्बा, मार्सीधान र जडीबुटी भन्दै गीत गाएर मात्रै हुँदैन’, उनले भने, ‘कर्णाली स्वर्ग हो, अन्नको भण्डार हो भन्न सकिन्छ, राराका बारे कविता भन्न सकिन्छ । तर अझै पनि ४० प्रतिशत गरिबी र बेरोजगारी बोकेर कर्णाली किन बसिरहेको छ ? यसको समीक्षा हुनुपर्छ । म आएपछि सबै ठिकठाक हुन्छ, पहिलाकाले गरेनन् भनेर भागेर मात्रै हुँदैन ।’

उनले काठमाडौं महानगरमा त सुतीसुती मेयरलाई चलाउन १० अर्ब रूपैयाँ जम्मा हुने पनि बालेनलाई स्मरण गराए । ‘ काठमाडौंको स्थानीय सरकारले सबैभन्दा धेरै घरबहाल कर उठाउँछ । कर्णालीमा केबल ५२ करोड आउँछ । यहाँ न यातायातको पैसा उठ्छ न घरबहाल कर नै उठ्छ।’, उनले भने, ‘कर्णालीको विकासको पहिलो मुद्दा संविधान बदल, कानुन बदल । हामीले ५२ करोड उठाउनेबाट ५२ अर्ब लिन सक्नुपर्छ।’

उनले बालेनतिर लक्षित गर्दै प्रधानमन्त्री भएपछि चटक र जादु गर्छु भनेर मात्रै नहुने बताए । ‘म प्रधानमन्त्री हुन्छु, चटक गर्छु, जादु गर्छु भनेर मात्रै हुँदैन । गर्नुपर्ने संविधान र कानुनमा बदलाव गर्नुपर्छ’, उनले भने, ‘यत्रो वर्ष के गरिस् भनेर बोल्छन् साथीले । कर्णालीमा पैसा कम छ, खर्च पनि गर्न सकिरहेको छैन । हामीले ६० प्रतिशत पनि पैसा खर्च गर्न सकेनौँ । अब कर्णालीका लागि हामीले आर्थिक वर्षको सुरूवातको समय नै बदल्नुपर्छ।’

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ३ : ३५ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड