दोलखाको वैतेश्वरमा पार्टी त्याग्नेको लर्को, दर्जनौँ कार्यकर्ता कांग्रेस प्रवेश  « Khabarhub

दोलखाको वैतेश्वरमा पार्टी त्याग्नेको लर्को, दर्जनौँ कार्यकर्ता कांग्रेस प्रवेश 


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखामा निर्वाचन नजिकिँदै आएसँगै पछिल्ला दिनहरूमा पार्टी छाड्ने र प्रवेश गर्नेहरूको लर्को लाग्न थालेको छ ।

बिहीबार कांग्रेस वैतेश्वरले आयोजना गरेको चुनावी सभामा दर्जनौँ एमाले र पूर्व माओवादी पार्टी छोड्नेको लर्को लागेको थियो ।

 मैनापोखरीमा आयोजना गरेको चुनावी सभामा झण्डै एक २० जना कार्यकर्ताले आफू आबद्ध पुरानो दलको सदस्यता त्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन् । 

दसौँ वर्ष एमाले र माओवादीमा रहँदा आफूहरूका माग र आवश्यकता पुरा गर्न कम्युनिस्ट पार्टीले नसकेपछि बाध्य भएर पार्टी फेरेको वैतेश्वर-२ का पुराना कम्युनिस्ट एमाले कार्यकर्ता गोपाल तामाङले बताए ।

कांग्रेस वैतेश्वरले आयोजना गरेको उक्त चुनावी सभामा दुईहजार बढी बैतेश्वरका जनता मैनापोखरीमा उपस्थित भएका थिए । 

कांग्रेस वैतेश्वरका पार्टी सभापति मनिक तामाङको सभापतित्वमा उद्घाटन गरिएको कार्यक्रममा करिब २ हजार बढी नेपाली कांग्रेसका नेता कार्यकर्ता सभामा सहभागी बनेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयवावु शिवाकोटी, समानुपातिक उम्मेदवार छिरिङलोल्मा शेर्पा,कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, जिल्ला पार्टी सभापति बर्मा लामालगायतले सभालाई सम्बोधन गर्दै नव पार्टी प्रवेशीहरुलाई स्वागत गरेका थिए ।

त्यसैगरी सभालाई सम्बोधन गर्दै उम्मेदवार अजयबाबु शिवाकोटीले दोलखाको समृद्धि र विकासमा नेपाली कांग्रेसको विकल्प नदेखिएकाले फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गरेर आफूलाई विजयी गराउन वैतेश्वर बासीलाई अनुरोध गरे ।

त्यसैगरी कांग्रेस नेता कुन्दनराज काफ्लेले वैतेश्वरमा कांग्रेसले गरेको विकासको स्मरण गराउँदै आउँदो चुनावमा पनि कांग्रेसलाई एकजुट भएर मतदान गर्न अपिल गरे । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ६ : २२ बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज