विष्णु पौडेल भन्छन् : केही मिडियाका प्रक्षेपण गलत नियतसहित आएका छन्, हामी जित्दैछौँ « Khabarhub

विष्णु पौडेल भन्छन् : केही मिडियाका प्रक्षेपण गलत नियतसहित आएका छन्, हामी जित्दैछौँ


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक प्रक्षेपण गलत मनशायबाट आएको बताएका छन्।

उनले स्वदेशी तथा विदेशी संस्थाहरूको वास्तविक प्रक्षेपण केही दिनमा आउने बताएका छन् । बुटवलमा प्रेस चौतारीनिकट पत्रकारहहरूसँगको अन्तरसंवादमा उनले रुपन्देही क्षेत्र नं. २ सहित देशभर योजनावद्ध आएका प्रक्षेपण वास्तविक नभएको बताए । उनले वास्तविक प्रक्षेपण केही दिनमा आउने दाबी गरे ।

‘सेटिङका आधारमा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन् । तर ती वास्तविक र तथ्यपरक होइनन्, फिल्डको अवस्था धेरै फरक छ, ती प्रक्षेपण फेल खानेछन्, यहाँका मतदाताले एमालेलाई नै जिताउनुपर्ने छ भन्ने माइन्डसेड गरेर बसेका छन्’, उनले भने, ‘जनताको त्यो मानसिकता परिवर्तन गर्न निकै कठिन छ । त्यस्ता प्रक्षेपण सार्वजनिक गर्न हुने कि नहुने भन्नेमा पछि कुरा गरौँला तर भरपर्दो राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाका प्रक्षेपणमा अहिले सार्वजनिक गरिएजस्ता भ्रम छैनन् ।’

प्रतिस्पर्धी दल तथा उम्मेदार आलोचना नगरी उनले आफ्नो पार्टी राष्ट्रिय राजनीतिको मियो भएकाले ठूलो बन्नबाट रोक्न कसैले नसक्ने बताए । उपाध्यक्ष पौडेलले पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देही र २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा एमाले बहुमतसहित पहिलो बन्ने विश्वास व्यक्त गरे ।

‘निर्वाचनपछि एमाले राष्ट्रिय राजनीतिको मियो बन्ने र मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्ने विश्वास छ । एमालेविरुद्ध गरिएका अनर्गल प्रचारबारे मतदाता प्रष्ट भइसकेको अवस्था छ’, उनले भने, ‘विगतमा गरेका काम पूरा गर्न र नयाँ सपना कार्यान्वयन गर्नका लागि जनताको विश्वास छ। ’

पूर्वअर्थमन्त्री पौडेलले जतिसुकै षडयन्त्रको हल्ला गरे पनि जनताले योजना र विगतका अनुभवका आधारमा आफ्नो प्रतिनिधि छान्ने विश्वास जनाए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १२ : १६ बजे

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना