पञ्चकन्या माविमा हस्तकला प्रतियोगिता « Khabarhub

पञ्चकन्या माविमा हस्तकला प्रतियोगिता


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

टक्सार– स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँ हस्तकला प्रतियोगिता आयोजना गरिएको छ । 

जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताए। 

प्रअ जोशीले भने, ‘स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको संरक्षण, संवर्द्धन र सीप विकासको उद्देश्यले हस्तकला प्रतियोगिता आयोजना गरिएको हो ।’

स्व गङ्गाप्रसाद राई आइओएम तथा मनकुमारी राईको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा २८ विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत सागार तामाङ (मालिङ्गोको चित्रा) प्रथम, कक्षा ७ कै अमिसा तामाङ (परालको पीरा) द्वितीय र कक्षा ९ का योगेश श्रेष्ठ (मही पार्ने मदानी) तृतीय भए । 

विजयीलाई विद्यार्थीलाई क्रमशः पाँच हजार, तीन हजार र रु दुई हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । 

सबै प्रतियोगी विद्यार्थीले स्थानीय सामग्रीको प्रयोग गरी आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयस्तरमा हुने यस्ता सीपमूलक कार्यक्रमले विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आफूले प्रयोजन गरेको समाजसेवी तथा शिक्षाप्रेमी शिशिरकुमार राईले बताए।
 

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ५ : ४६ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन