स्ट्रेट अफ हर्मुजमा जहाजहरू प्रवेश निषेध गरिएको आईआरजीसीको उर्दी « Khabarhub

स्ट्रेट अफ हर्मुजमा जहाजहरू प्रवेश निषेध गरिएको आईआरजीसीको उर्दी


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड्स कोर आईआरजीसीलेले विश्वकै महत्वपूर्ण तेल पारिवहन मार्ग स्ट्रेट अफ हर्मुज भएर आउजाउ गर्ने जहाजहरूलाई सो क्षेत्रमा प्रवेश नगर्न कडा चेतावनी दिएको छ ।

युरोपेली संघको नौसैनिक मिसनका एक अधिकारीले रोयटर्सलाई दिएको जानकारी अनुसार इरानी सेनाले रेडियो सन्देशमार्फत त्यस मार्गबाट कुनै पनि जहाजलाई अघि बढ्न अनुमति नभएको बताएका छन् ।

अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य कारबाही सुरु गरेपछि आईआरजीसीले यस्तो चेतावनी दिएको हो । इरानले आधिकारिक रूपमा यो मार्ग पूर्ण रूपमा बन्द गरिएको पुष्टि नगरे पनि समुद्रमा रहेका जहाजहरूले बारम्बार यस्ता चेतावनीहरू प्राप्त गरिरहेको बताइएको छ । बेलायतको समुद्री व्यापार सञ्चालन निकायले पनि खाडी क्षेत्रमा रहेका धेरै जहाजहरूले स्ट्रेट अफ हर्मुज बन्द भएको जानकारी पाएको पुष्टि गरेको छ।

स्ट्रेट अफ हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण जलमार्गमध्ये एक हो, जहाँबाट विश्वको कुल तेल व्यापारको झन्डै २० प्रतिशत हिस्सा ओसारपसार हुने गर्दछ।

इरानले आफ्नो देशमाथि हुने कुनै पनि आक्रमणको बदला लिन यो मार्ग बन्द गरिदिने धम्की वर्षौंदेखि दिँदै आएको थियो। यो मार्गमा हुने अवरोधले विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढ्ने र विश्व अर्थतन्त्रमै गम्भीर प्रभाव पर्न सक्ने भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १० : १९ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन