निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च « Khabarhub

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । यसले सर्वसाधारणलाई आवतजावतमा सहजता हुने गरेको छ । चुनावी सरगर्मीले दाङका सहर तथा ग्रामीण क्षेत्रलाई राजनीतिक रूपमा तताएको छ ।

बजारमा चहलपहल बढेको छ, सवारीसाधनको चाप वृद्धि भएको छ र केही व्यवसायमा अस्थायी सुधार देखिएको छ । तर, व्यवसायीको अपेक्षाअनुसार व्यापक आर्थिक चलायमानता भने अझै देखिन बाँकी छ । अब चुनावको मिति झन् नजिकिँदै जाँदा बजारले कस्तो गति लिन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।

चुनावको मिति नजिकिँदै जाँदा जिल्लाका सहरबजारदेखि ग्रामीण बस्तीसम्म राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार मतदाता भेटघाटमा सक्रिय बनेका छन् । घरदैलो कार्यक्रम, टोलसभा, कोणसभा र अन्तरक्रिया कार्यक्रम दैनिकजसो भइरहँदा जिल्लाभर चहलपहल उल्लेख्य रूपमा बढेको देखिन्छ ।

पछिल्ला दिनमा उम्मेदवार तथा तीनका समर्थक गाउँगाउँ र टोलटोलमा पुगिरहेका छन् । चुनावी प्रचारप्रसारका लागि सवारीसाधनको प्रयोग बढेको छ भने मोटरसाइकल र गाडीको आवतजावतले बजार क्षेत्रमा भीडभाड पनि बढाएको छ । मुख्य सडक, चोकचोकमा झण्डा, ब्यानर र पोस्टरले सजिएका छन् ।

मानिसको बढ्दो आवतजावतसँगै स्थानीय होटल, खाजा पसल तथा रेष्टुरेन्टमा ग्राहकको सङ्ख्या बढेको व्यवसायी बताउँछन् । विशेषगरी चुनावी टोली बिहानको खाजा, दिउँसोको खाना तथा साँझको नास्ताका लागि होटलमा पुग्ने क्रम बढेको छ । यसले गर्दा तरकारी, मासु, दूध, दही, अन्डालगायत दैनिक उपभोग्य वस्तुको माग पनि उकालो लागेको छ ।

घोराही, तुलसीपुरलगायतका मुख्य बजार क्षेत्रमा रहेका होटल व्यवसायीका अनुसार विगत केही हप्तायता व्यापारमा केही सुधार देखिएको छ । ‘अहिले चुनावी टोली दैनिकजसो आउँछन् । चुनावका लागि खटेका खाना खाने हुँदा बिक्री केही बढेको छ’, एक होटल व्यवसायीले भने । तर उनीहरूका अनुसार यो वृद्धि स्थायी प्रकृतिको नभइ चुनावी गतिविधिसँग मात्र सीमित छ ।

यस्तै, प्रचारप्रसार सामग्री उत्पादन गर्ने छापाखाना तथा डिजिटल प्रिन्टिङ पसलमा पनि कारोबार बढेको छ । पर्चा, पम्पलेट, ब्यानर, फ्लेक्स तथा स्टिकर छपाइका माग बढेका छन् । केही पसलले त अतिरिक्त समय काम गर्नुपरेको बताएका छन् ।

जिल्ला उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले चुनावी समयमा बजार चलायमान हुने अपेक्षा गरिए पनि वास्तविक अवस्था त्यस्तो नरहेको बताए ।

उनका अनुसार विगतका निर्वाचनमा जस्तै यसपटक पनि व्यवसायीले व्यापार वृद्धि हुने आशा गरेका थिए । तर, बढ्दो महँगी, उपभोक्ताको क्रयशक्ति कमजोर हुनु र आर्थिक तरलताको अभावका कारण बजार अपेक्षाअनुसार चलायमान हुन नसकेको उनको भनाइ छ ।

चुनावले केही मात्रामा व्यापार व्यवसायमा वृद्धि भएको चेम्बर अफ कर्मसका अध्यक्ष विकास अग्रवालले बताए । तर व्यवसायीको अपेक्षाअनुसार बढ्न नसकेको उनको भनाइ छ । अहिले सवारीसाधन, होटेल रेष्टुरेन्ट, चिया हाउस, कफी हाउसको व्यापार वृद्धि भएको उहाँले बताउनुभयो । यससँगै जोडिएका क्षेत्रमा पनि केही वृद्धि भएको पाइएको अध्यक्ष अग्रवालले बताए । (रासस)

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ११ : २० बजे

स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते

काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर

बाबुराम-जनार्दनको विचित्र राजनीति, नेकपाविरोधी सबैलाई प्रलोपाको समर्थन

काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो

इजरायलले तेहरानको ‘मुटु’ मा प्रहार गरेपछि भीषण विस्फोट

काठमाडौं- इजरायलले इरानको राजधानी तेहरानको ‘मुटु’ मा प्रहार गरेको जनाएको

इरानी आक्रमणबाट तेल अभिभमा ठूलो क्षति, कम्तीमा ४० घर क्षतिग्रस्त

तेलअभिभ- इरानले शनिबार गरेको आक्रमणपछि इजरायलको तेल अभिभ सहरमा कम्तीमा