निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न सरकार तयार « Khabarhub

निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न सरकार तयार


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमार इङ्नामले निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न सरकार तयार रहेको बताएका छन् । 

प्रेस काउन्सिलले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री इङ्नामले वर्तमान सरकारको मुख्य म्याण्डेड नै निर्वाचन भएकाले फागुन २१ गते निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न सरकार तयार रहेको बताएका हुन् ।

उनले निर्वाचनको व्यवस्थापन, सुरक्षा लगायतका विषयमा कुनै कमी हुन नदिने स्पष्ट पारे ।  केही क्षेत्रहरूमा उम्मेदवार जसरी पनि जित्नुपर्ने मानसिकतामा रहे पनि यसमा सरकारलाई कुनै सरोकार नरहेको उनले बताए ।

उनले सरकारको काम मतदाताहरूलाई सुरक्षित तवरले मतदान केन्द्रसम्म उपस्थित हुने वातावरण बनाउनु र निष्पक्ष ढङ्गबाट मतदान गर्न सक्ने अवस्था सिर्जना गर्नु मात्रै सरकारको सरोकार भएको धारणा राखे । मन्त्री इङ्नामले मौन अवधिको दुरुपयोग रोक्न समेत सरकार क्रियाशील भएर लाग्ने स्पष्ट पारे ।

उनले मतदातालाई अवांछित ढङ्गबाट प्रभावित पार्ने कुनै पनि किसिमको काम हुनबाट रोक्न राजनीतिक दल र उम्मेदवार समेत जिम्मेवार हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : ३९ बजे

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए

दमौली– बन्दीपुर अस्पतालले तीन सय ६५ दिन नै सेवा प्रदान