बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र « Khabarhub

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८ अस्थायी मतदाता रहेका छन् । 

निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, कैदीबन्दीसहित उक्त सङ्ख्यामा अस्थायी मतदाता रहेका हुन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख यज्ञप्रसाद रिजालका अनुसार जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

कैदीबन्दी मतदाताका लागि जिल्ला कारागार र सुरक्षाकर्मी तथा ड्युटीमा रहेका कर्मचारीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र तोकिएको प्रमुख रिजालको भनाइ छ । रिजालका अनुसार ५३ जना कैदीबन्दी र दुई हजार ३१५ जना सुरक्षाकर्मी र कर्मचारी रहेका छन् । 

दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार छन् । कूल एक लाख ९३ हजार ३८१ मतदाता रहेको बागलुङमा ९८ हजार ५७४ महिला, ९८ हजार ५०६ पुरुष र एक जना अन्य मतदाता रहेका छन् ।

जिल्लामा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा कूल दुई हजार ६० कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ७ : ५४ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन