निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु « Khabarhub

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गएकोछ ।
रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा ना ७ ख ६७६८ नम्बरको गाडी भीरबाट खसेको हो ।

दुर्घटनामा परेर प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो । त्यसतै मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका(२ देउरालीतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको थियो ।

घिमिरेलाई रामेछाप(२ को वडा कार्यालय भवन, साँघुटार ख मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो ।

उनी रामेछाप नगरपालिका ३ स्थित साँघुटारस्थित रुद्राक्षश्वर माध्यामिक विद्यालयका शिक्षक हुन् । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाइते ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

दुर्घटनामा परेर ७ जना घाइते भएका छन्। घाइतेहरू भीमबहादुर मानन्धर शिक्षक, सम्बर बहादुर मानन्धर ड्राइभर, कृष्णप्रसाद घिमिरे शिक्षक, दुर्गा कार्की, सविना खड्का, केदार कुमार रोका र पूजादेवी सुनुवार छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ८ : ४१ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन