यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण « Khabarhub

यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य देशमा पनि फैलिएको छ । यस क्षेत्रको हवाई यातायात पूर्णतः प्रभावित भएको छ। इरानले खाडी क्षेत्रका विभिन्न स्थानमा ‘प्रतिशोधात्मक’ आक्रमण सुरु गरेपछि यूएई र साउदी अरब जाने दर्जनौँ उडान बीचैबाट मोडिएका छन्।

हवाई उडानहरूको प्रत्यक्ष अनुगमन गर्ने ‘फ्लाइट राडर’ का अनुसार अबुधाबीका लागि उडेका इतिहाद एयरलाइन्सका दुई विमानलाई ओमानको राजधानी मस्कटतर्फ मोडिएको छ। यस्तै, दुबईका लागि उडेको इमिरेट्सको एक विमान मुम्बई फर्किएको छ।

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल ओर्लन लागेका कैयौँ विमानलाई होल्ड मा राखिएको छ भने केही विमानहरू उडेकै सहरतर्फ फर्किएका छन्।

अमेरिकी दूतावासमा ड्रोन हमला
रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । यो रिपोर्ट सार्वजनिक भएलगत्तै साउदी अरबको हवाई क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। प्रारम्भिक विवरणअनुसार दूतावास परिसरमा केही क्षति पुगेको छ। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य र कूटनीतिक अखडालाई निशाना बनाउने चेतावनी दिएलगत्तै यो घटना भएको हो।

नेपाली यात्रु अलपत्र
नेपाली श्रमिकको मुख्य गन्तव्य मानिने यूएई र साउदी अरबका उडान प्रभावित भएपछि वैदेशिक रोजगारीमा जाने र फर्कने तयारीमा रहेका सयौँ नेपाली विमानस्थलमा अलपत्र परेका छन्। कतिपय विमान सेवा प्रदायकहरूले आफ्ना उडान तालिका अनिश्चितकालका लागि स्थगित गरेका छन्।

मध्यपूर्वमा बढ्दो यो तनावले विश्वकै व्यस्त हवाई मार्गमध्ये एक मानिने खाडी क्षेत्रको आकाश असुरक्षित बनेको छ, जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय व्यापार र यात्रामा परेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ७ : ३७ बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच