सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते « Khabarhub

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय देवदहका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको लुप्र०१–००१ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ स्थित घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो । राति करिब १०ः३० बजे भएको उक्त दुर्घटनामा देवदह–५ का २८ वर्षीय सुनिल पाण्डे गम्भीर घाइते भएका थिए ।

देवदह मेडिकल कलेज, भलुही पुर्‍याइएकाेमा उपचारका क्रममा पाण्डेको मृत्यु भएको प्रहरी निरीक्षक भीमसेन विष्टले जानकारी दिए ।

दुर्घटनामा परी स्कुटर चालक देवदह–५ का २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन् । उनको देवदह मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ९ : २१ बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच