जुम्लामा ४१ हजार २१० मत खस्यो « Khabarhub

जुम्लामा ४१ हजार २१० मत खस्यो


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लामा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये करिब ४१ हजार २१० अर्थात् ५७.४४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिए ।

खसेको मतमध्ये महिलातर्फ २१ हजार १४६ र पुरुषतर्फ २० हजार ६४ गरी जम्मा ४१ हजार २१० जनाले मतदान गरेको निर्वाचन अधिकारी कँडेलले बताउनुभयो । अहिले मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी मतगणनास्थल आउने क्रम जारी छ ।

सदरमुकाम खलङ्गा नजिकका मतदान केन्द्रका मतपेटिका मतगणना हुने स्थलमा पुगिसकेका छन् । जिल्लाका ग्रामीण भेगका मतदान केन्द्रका मतपेटिका आउने समय लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए ।

सबै मतदान केन्द्रका मतपेटिका आइपुगेपछि आजदेखि मतगणना गर्न भनी सर्वदलीय बैठकको निर्णय गरिएको सहायक निर्वाचन अधिकृत तिमिल्सिनाको भनाइ छ । जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ४३ बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध