सर्लाही–४ मा अमरेशले गगनलाई १९ सय ६६ मतले पछि पारे « Khabarhub

सर्लाही–४ मा अमरेशले गगनलाई १९ सय ६६ मतले पछि पारे


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

सर्लाही- प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ८ा. अमरेश सिंहले लिएको प्रारम्भिक अग्रतालाई यथावत राखेका छन् ।

सुरुबाटै अगाडि रहेका अमरेशले अहिले गगनले भन्दा १९ सय ६६ मत धेरै ल्याइसकेका छन् । हालसम्मको गणना अनुसार सिंहले ४ हजार ४९६ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति थापाले २ हजार ५३० मत प्राप्त गरेका छन् । यहा नेकपा (एमाले)का अमिनेश कुमार यादवले ६४३ मत पाएका छन्।

यसैगरी जनमत पार्टीका राकेशकुमार मिश्रले ३५८ मत र नेपाली कम्युनिष्ट पार्टीका रजनीश रायले १४० मत प्राप्त गरेका छन्।

गगन काठमाडौं ४ छाडेर यो निर्वाचनमा सर्लाही झरेका हुन् । उता अमरेश माघ ५ गते जनकपुरमा भएको रास्वपाको भेलाबाट प्रवेश गरेका हुन् । २०७९ को निर्वाचनमा अमरेशले यही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवारलाई हराएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ०८ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको