शान्तिपूर्ण निर्वाचनका लागि मोदीले दिए नेपाली जनता र सरकारलाई बधाई « Khabarhub

शान्तिपूर्ण निर्वाचनका लागि मोदीले दिए नेपाली जनता र सरकारलाई बधाई


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली दिदीबहिनी र दाजुभाइहरूले लोकतान्त्रिक अधिकारको उत्साहजनक प्रयोग गरेको टिप्पणी गरेका छन् । उनले नेपालमा सम्पन्न निर्वाचनबाट आफूलाई निकै खुसी लागेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री मोदीले यस निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुङ्गा स्थापित भएको भन्दै यसलाई गौरवको क्षणका रूपमा चित्रण गरेका छन् । छिमेकी देशको रूपमा नेपालको यो उपलब्धिले दुई देशबीचको सम्बन्धमा नयाँ उर्जा थप्ने उनको भनाइ छ ।

एक निकट साझेदार र छिमेकीका नाताले भारत नेपालको विकास र स्थिरताको पक्षमा सधैँ उभिने प्रतिबद्धता पनि उनले जनाएका छन् । नेपालमा बन्ने नयाँ सरकार र जनतासँग मिलेर काम गर्न भारत सदैव तत्पर रहेको उल्लेख गर्दै उनले आगामी दिनमा दुई देशबीच साझा शान्ति, प्रगति र समृद्धिका लागि सहकार्यलाई अझ नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : १८ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित