देउवालाई ‘घामड शेरे’ भन्दै प्रचार गरेपछि नेविसंघले दियो चेतावनी, आसिफले मागे माफी « Khabarhub

देउवालाई ‘घामड शेरे’ भन्दै प्रचार गरेपछि नेविसंघले दियो चेतावनी, आसिफले मागे माफी


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार आसिफ शाहले चलचित्र ‘घामड शेरे’ को प्रचार गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवादमा मुछिएका छन् । यही पोस्टलाई आधार बनाउँदै नेपाली काङ्ग्रेसका भातृ संगठन नेविसंघ र तरुण दलले विरोध जनाएका छन् ।

नेविसंघ बैतडी जिल्ला सभापति कपिल केसीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चलचित्र ‘घामड शेरे’ सुदूरपश्चिमका कुनै हलमा पनि चल्न नदिने चेतावनी दिएपछि आसिफले माफी मागेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका थिए, ‘कलाकार जगतको कलंक आसिफ शाहले सार्वजनिक रुपमा माफी माग्नुपर्छ, होइन भने सुदूर पश्चिमको कुनै पनि हलमा फिल्म चल्न दिइने छैन र सुदूरपश्चिम प्रवेशमा त्यस्ता कंलकलाई पूर्ण निषेध गरिनेछ, जय नेपाल ।’

यो पोस्टपछि कलाकार आसिफ साहले माफी माग्नुपरेको हो । साथै उनले आफूले व्यक्तिगत रुपमा कसैलाई चोट पुर्‍याउन नखोजेको र कुनै पनि राजनीतिक पार्टीप्रति आस्था नराखेको बताएका छन् ।

आसिफले प्रचारमा सघाउ पुगोस् भन्ने हेतुले सामाजिक सञ्जालमा फिल्म ‘घामड शेरे’ को तस्वीरसँगै शेरबहादुर देउवा आक्रोशमा आएको एक तस्वीर शेयर गरेका थिए । उक्त तस्वीर केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो ।

सानेपास्थित पार्टी कार्यालयमा नेविसंघमा भएको विवादका बेला कार्यकर्ताले देउवाकै विरोध गरेपछि देउवाले पनि कार्यकर्तालाई हकारेका थिए । सोही बेलाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

कार्तिक २२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘घामड शेरे’ मा आसिफ साह भने छैनन् । यसअघि आसिफ र निश्चल बस्नेत चलचित्र ‘दुई रुपैयाँ’ मा देखिएका थिए । ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा खड्काको शीर्ष भूमिका छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १२ : १५ बजे

पूर्वाधार विकास समितिका अध्यक्ष गजुरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी, पाँच एजेन्डा अघि सारे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वाधार विकास समितिका अध्यक्ष

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको