वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति « Khabarhub

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा रहेको दुई घर भत्किएर क्षति पुगेको छ ।

सोमबार आएको हुरीले रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना तथा फलामको बिमसमेत उडाउनुका साथै घर पूर्ण रूपमा क्षतिग्रत भएको हो ।

उक्त घरको छानो उडाएर नजिकै रहेको ११ हजार भोल्टेजको थ्रीफेज तारमा अड्किँदा त्यसको भार थाम्न नसरी ट्रान्सफर्मर रहेको दुई वटा सिमेन्टको खम्बासमेत भाँच्चिएका छन् । उक्त खम्बा ढल्दा नजिकैको सुशीला खड्काको घरमा पनि क्षति पुगेको स्थानीय विकास प्रहरले जानकारी दिए ।

हुरीले घर नजिकै रहेको अर्को पनि विद्युत्को खम्बा ढलेपछि सडक अवरुद्ध बनेको छ ।

हुरीका कारण दुई वटा घर पूर्ण रूपमा क्षति भएको उनको भनाइ छ । हुरीपछि चाँगुनारायण नगर विपद् समितिले नगर प्रहरीमार्फत त्रिपालको व्यवस्था गरी घरलाई छोपेको छ ।

हुरी रोकिएपछि त्रिपुरा नगर टोल सुधार समितिका पूर्वअध्यक्ष उपेन्द्र ढकाल, समितिका अध्यक्ष श्याम थापासहितको टोली, चाँगुनारायण नगर प्रहरी, प्रहरी प्रभाग दुवाकोटको टोलीले उद्धार गरी घरलाई सुरक्षित राख्ने प्रयास गरिएको वडा नं २ का वडाध्यक्ष सोम प्रधानले बताए । घटनास्थलमा पुगेका उनले क्षतिको विवरण सङ्कलन गरी पीडित परिवारलाई नगरपालिकामार्फत क्षतिपूर्तिको व्यवस्था गरिने उल्लेख गरेका छन्।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ५ : ४८ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी