न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते « Khabarhub

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा दुई पाइलटको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४१ जना घाइते भएका छन् ।

क्यानडाको मन्ट्रियलबाट न्युयोर्कका लागि उडेको ‘एसी ८६४६’ उडान नम्बरको जहाज अवतरणका क्रममा धावनमार्गमा रहेको दमकलसँग ठोक्किएको हो । प्रत्यक्षदर्शीका अनुसार ठक्कर यति शक्तिशाली थियो कि जहाज बीचबाटै दुई टुक्रा भएको देखिएको थियो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले घटनाको उच्चस्तरीय अनुसन्धान सुरु गरेको छ । अमेरिकी यातायात सचिव सिन डफीले सिट बेल्टकै कारण धेरै यात्रुको ज्यान जोगिएको बताएका छन् । दुर्घटनापछि लागार्डिया विमानस्थलबाट हुने सबै उडानहरू स्थगित गरिएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ६ : ०५ बजे

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश