निवर्तमान सभामुख महरा पुर्पक्षका लागि जेल चलान « Khabarhub

निवर्तमान सभामुख महरा पुर्पक्षका लागि जेल चलान


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

आइतबार शुरु भएको थुनछेक बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशानुसार मुद्दा प्रक्रिया नटुंगिदासम्म महराले थुनामै रहनुपर्ने छ । यद्यपि, महराले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने छन् ।

फौजदारी मुद्दाको पुर्पक्षका लागि थुनामा चलान भएसँगै महरा प्रतिनिसभा सदस्य (सांसद) पदबाट स्वतः निलिम्बित भएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : ०४ बजे

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेसँगै