एमालेले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम, वैशाख १२ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने « Khabarhub

एमालेले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम, वैशाख १२ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन र विरोधका कार्यक्रम तय गरेको छ।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

बैठकले ओलीलाई पक्राउ गरिएको घटननाको भर्त्सना गर्दै विरोध कार्यक्रम अघि बढाउने निर्णय गरेको सचिव महेश बस्नेतले बताएका छन् ।

बालेन्द्र शाह प्रधानमन्त्री भएलगत्तै गत शनिबार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई भक्तपुरबाट पक्राउ गरिएको थियो ।

सरकारको उक्त कदमलाई प्रतिशोधपूर्ण तथा बदला प्रेरित भन्दै एमालेले आपत्ति जनाएको बस्नेतले बताए। उक्त प्रकरणको विरोधमा गरिएको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी खटाएर दमन गरेको आरोपसमेत एमालेले लगाएको छ।

एमालेले सरकारको यो कदमको विरोधमा आगामी वैशाख १२ गते संघीय राजधानी काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ। त्यसअघि चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित गर्ने निर्णय पनि एमालेले गरेको छ।

यस्ता छन् थप आन्दोलनका कार्यक्रम

१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत् भेला गर्ने ।
२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने ।
३. वैशाख ३ गते वडा तहमा भेला गर्ने ।
४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने ।
५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने ।
६. सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने । यसका साथै, भोलि (चैत १८) बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने ।
७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइयो ।
८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई दिइयो । यसका साथै, भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने ।
९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ४ : १२ बजे

कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ