प्रधानमन्त्री वालेन्द्र संसद्को पहिलो बैठकमा जाने, सम्बोधन नगर्ने « Khabarhub

प्रधानमन्त्री वालेन्द्र संसद्को पहिलो बैठकमा जाने, सम्बोधन नगर्ने


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको पहिलो बैठकमा जाने भएका छन्।

तर उनले संसद्को पहिलो बैठकमा सम्बोधन गर्ने कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वालेन्द्र सार्वजनिक रुपमा कम बोल्ने नेतामा पर्छन्। फागुन २१ गतेको निर्वाचनबाट चयन भएको प्रतिनिधि सभाको पहिलो बैठकमा अन्य शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

बुधबार कांग्रेस सांसद अर्जुननरसिंह केसीको संयोजकत्वमा सिंहदरबारमा बसेको बैठकले शीर्ष नेताहरूबाट सम्बोधन हुने सहमति जुटाएको थियो ।

यसरी सम्बोधन गर्ने शीर्ष नेतामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने छन् ।

उता नेकपा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्दैछन् । नेपाली कांग्रेसले कसलाई बोल्न दिन्छ टुङ्ग्याएको छैन।

कांग्रेसले अझै पनि संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन । सभापति गगन थापासहित अधिकांश पराजित भएको अवस्थामा दलको नेता चयन हुन बाँकी छ ।

कांग्रेसमा अहिले शेरबहादुर देउवा पक्ष र संस्थापन गगन थापा पक्षबीच किचलो देखिएको छ। केही सांसदहरू देउवा पक्षमा पनि देखिँदा झमेला हुने सम्भावना छ।

यता श्रम संस्कृति पार्टीबाट अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्नेछन् । नेकपाबाट संसदीय दलको नेतामा चयन भइसकेका पुष्पकमल दाहाल प्रचण्ड बोल्नेछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  २ : ११ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका