भिटेनले गाए 'सरौतो' को प्रोमोशनल गीत | Khabarhub Khabarhub

भिटेनले गाए ‘सरौतो’ को प्रोमोशनल गीत


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – र्‍यापर भिटेन (समिर घिसिङ) ले चलचित्र ‘सरौतो’को प्रचारात्मक गीत गाएका छन् । उक्त गीतमा भिटेनकै शब्द तथा संगीत सुन्न सकिन्छ ।

तिहार पारेर छायांकन गरिएको गीतमा भिटेनलाई फरक रुपमा देख्न सकिनेछ । गीतको भिडियोमा भिटेन सँगसँगै नायिका सुमी मोक्तानको पनि अभिनय रहनेछ । फिल्मका निर्देशक हरी हुमागाईंका अनुसार फिल्मकै थिम अनुसार गीतलाई तयार पारिएको छ ।

फिल्मको कुरा गर्नुपर्दा ‘सरौतो’ मा सुमी मोक्तान, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, विजय लामा, धिरेन शाक्य , युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

एक्सनप्रधान यो चलचित्रमा रिभेन्जको कथा देखाइएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविण मानन्धरको कलर, ब्याकग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन देख्न सकिन्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : ५२ बजे

आजको सागसब्जी र फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स

भोजपुर गोल्डकप : एपीएफ फाइनल प्रवेश

टक्सार– भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल

ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पदमुक्त

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक

आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको प्रभाव 

काठमाडौं– हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ