‘छ माया छपक्कै’ का निर्माता भन्छन् – फिल्मको ग्रस कलेक्सन साढे १२ करोड « Khabarhub

‘छ माया छपक्कै’ का निर्माता भन्छन् – फिल्मको ग्रस कलेक्सन साढे १२ करोड


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज २४ गदेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ ले चौथो हप्तामा आइपुग्दा १२ करोडभन्दा माथिको ग्रस कलेक्सन गरेको छ । फिल्मले सोमबारसम्म १२ करोड ५० लाख कमाइ गरेको निर्माता रोहित अधिकारीले जानकारी दिए ।

‘शुरुमा मोफसलबाट अझ बढी क्रेज देखिएको थियो, तर तिहारपछि फिल्मले राम्रो कमाइ गरेको छ,’ अधिकारीले भने ।

चलचित्रले मोफसलबाट चौथो हप्तामा आइपुग्दा मोफसलबाट ६ करोड २० लाखजति ग्रस कलेक्सन गरेको र अरु कलेक्सन राजधानीबाटै भएको रोहितले बताए । उनले यो फिल्मको लाइफटाइम कलेक्सन १३ करोड पुग्ने अनुमान गरे ।

दीपकराज गिरीको पटकथा रहेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार प्रसाद घिमिरे, प्रकाश घिमिरे लगायतका कलाकारको शीर्ष भूमिका छ ।

पानीको समस्या भएको एक गाउँमा आइपर्ने समस्या र त्यही समस्यामाथिको राजनीति देखाइएको यो फिल्मले समीक्षात्मक रुपमा समेत राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : ४४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी