‘छ माया छपक्कै’ का निर्माता भन्छन् – फिल्मको ग्रस कलेक्सन साढे १२ करोड « Khabarhub

‘छ माया छपक्कै’ का निर्माता भन्छन् – फिल्मको ग्रस कलेक्सन साढे १२ करोड


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज २४ गदेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ ले चौथो हप्तामा आइपुग्दा १२ करोडभन्दा माथिको ग्रस कलेक्सन गरेको छ । फिल्मले सोमबारसम्म १२ करोड ५० लाख कमाइ गरेको निर्माता रोहित अधिकारीले जानकारी दिए ।

‘शुरुमा मोफसलबाट अझ बढी क्रेज देखिएको थियो, तर तिहारपछि फिल्मले राम्रो कमाइ गरेको छ,’ अधिकारीले भने ।

चलचित्रले मोफसलबाट चौथो हप्तामा आइपुग्दा मोफसलबाट ६ करोड २० लाखजति ग्रस कलेक्सन गरेको र अरु कलेक्सन राजधानीबाटै भएको रोहितले बताए । उनले यो फिल्मको लाइफटाइम कलेक्सन १३ करोड पुग्ने अनुमान गरे ।

दीपकराज गिरीको पटकथा रहेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार प्रसाद घिमिरे, प्रकाश घिमिरे लगायतका कलाकारको शीर्ष भूमिका छ ।

पानीको समस्या भएको एक गाउँमा आइपर्ने समस्या र त्यही समस्यामाथिको राजनीति देखाइएको यो फिल्मले समीक्षात्मक रुपमा समेत राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : ४४ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,