संघीयता आवश्यकता हो, फिर्ता हुँदैन : सभापति देउवा « Khabarhub

संघीयता आवश्यकता हो, फिर्ता हुँदैन : सभापति देउवा


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने बताएका छन् । मैथिली विकास कोषको आयोजनामा शनिबारदेखि शुरु भएको जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीयता देशको आवश्यकता भएको बताएका हुन् ।

उनले भने “अब कुनै बहानामा कसैबाट सङ्घीयतालाई खतरामा पार्ने गरी कुनै गतिविधि वा हस्तक्षेप गर्ने प्रयास भए काङ्ग्रेसलाई सह्य हुँदैन ।”
सरकारले अहिले विभिन्न बहानामा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने हिसाबले सामाजिक सञ्जालमाथि प्रहार गर्न खोजेको टिप्पणी गर्दै सभापति देउवाले यस्ता कदमले लोकतन्त्रलाई बल नपुग्ने बताए । उलने नेपाली भाषापछि दोस्रो सबैभन्दा बढी बोलिने भाषा मैथिली भएको बताउँदै उनले मैथिली भाषा आफैँमा समृद्ध रहेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र सरकारी कामकाजको भाषा मैथिली नै हुनुपर्ने बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका निधिले सामाजिक संरचना र सङ्घीय सिद्धान्तका आधारमा प्रदेशको आधिकारिक भाषा मैथिली, राजधानी जनकपुर र प्रदेशको नामाङ्कन मिथिला वा मिथिला भोजपुरा हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले मैथिली भाषा हाम्रो इतिहासको गौरव भएको बताए । उनले हरेक भाषा ज्ञान, उन्नति र चेतनाको राजमार्ग हुने भएकाले बौद्धिक विरासत कायम गर्नका लागि जागृतिको आवश्यकतामा जोड दिए ।  कार्यक्रममा राजपा नेपालका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले मैथिली भाषाको पुर्नरुत्थानको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ६ : ५५ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड