आजबाट वृहष्पती धनु राशिमा प्रवेश, कुन राशिमा कस्तो प्रभाव ? | Khabarhub Khabarhub

आजबाट वृहष्पती धनु राशिमा प्रवेश, कुन राशिमा कस्तो प्रभाव ?


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्तिक २० गते बुधबार बिहान ६ बजेर ५७ मिनेटबाट वृहष्पती ग्रह धनु राशिमा प्रवेश गरेको छ । यो अब यो ग्रह चैत्र १७ गतेसम्म यही राशिमा रहने छ । बैशाख ०९ गतेसम्म वृश्चिक राशिमा रहेको वृहष्पतीले राशि परिवर्तन गर्दा यसको प्रभावले सबै राशिमा पर्न जान्छ ।

अबको ५ महिनासम्म अर्थात कार्तिक २० गतेबाट चैत्र १७ गतेसम्म वृहष्पतीको स्थिरताले कुन राशिमा कस्तो प्रभाव पार्छ ? हेरौँ राशि अनुसारको जानकारी :

मेष राशि

मेष राशिका व्यक्तिको रोकिएको काम पूरा हुने, भाग्यमा वृद्धि हुने तथा मनले चाहेको काम पूर्र्ण हुनेछ । यस अवधिमा तीर्थयात्रा हुने, सत्संगमा सहभागिता समेत हुनसक्छ । पार्टी वा पिकनिकमा सहभागी हुदाँ भने बहुमूल्य सामाग्री हराउन सक्ने योग भएकाले सावधानी अपनाउनु पर्नेछ ।

वृष राशि

वृष राशिका व्यक्तिलाई राम्रो लाभ मिल्ने योग छ । प्रतिद्वन्द्वी सक्रिय हुने, शारीरिक कष्ट बेर्होर्नु पर्ने तथा बाधाको सामना गर्नुपर्ने हुनसक्छ । यस अवधिमा लगानी वा सामाग्रीको खरिद गर्दा जानकारसंग सल्लाह लिएर मात्र गर्नुहोला ।

मिथुन राशि

मिथुन राशिका व्यक्तिलाई अप्रत्याशित खर्चको सामना गर्नुपर्ने हुन्छ । पूराना रोग बल्झिने, चिन्ता र तनावमा वृद्धि योग भएकाले सम्हालिएर ब्यवहार गर्नुपर्ने हुन्छ । प्रेमीप्रेमिका वा जीवन साथीसंग साधरण मतभेद बढे पनि बिस्तारै सम्बन्ध सहज हुनेछ । अरुबाट धेरै अपेक्षा नगर्नुहोला ।

कर्कट राशि

कर्कट राशिका व्यक्तिको सानो प्रयाशबाट पनि ठूलो काम बन्ने योग छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुने, सामाजिक कार्यको अवसर मिल्ने तथा धन प्राप्तिको सम्भावना छ । सन्तान पक्षबाट सुख प्राप्ती हुने छैन । यस अवधिमा प्रतिद्वन्दि शान्त रहे पनि निकै सावधानि अपनाउनु होला ।

सिंह राशि

सिंह राशिका व्यक्तिले यस अवधिमा शुभ समाचार प्राप्त गर्ने, आत्मविश्वास बढ्ने, नयाँ कामको योजना बन्ने हुन्छ । साथै व्यवसाय औसत चल्ने, बेचैनी बढ्ने र पारिवारिक सहयोग प्राप्त हुनेछ । साथीसंग मतभेद बढ्ने भएकाले कुनै काममा पनि हतार नगर्नुहोला ।

कन्या राशि

कन्या राशिका व्यक्तिको भाग्योन्नतिको समय छ । यस अवधिमा मनोरञ्जक यात्रा हुने, सुखमय जीवन व्यतित हुने, ठूला समस्याको हल हुने तथा प्रसन्नता बढ्नेछ । धन प्राप्तिका सहज बाटो खुल्नाले धनको समस्या समाधान हुनेछ ।

तुला राशि

तुला राशिका व्यक्तिलाई वैवाहिक प्रस्ताव आउने समय छ । अप्रत्याशित खर्च बढ्ने, बन्ने काममा पनि बाधा आउने, ऋण लिनुपर्ने, स्वास्थ्य कमजोर रहने, कामप्रति मन नजाने, साथीसंग विवाद बढ्ने तथा मतभेद हुने योग छ । यस अवधिमा जोखिम लिने वा जमानत राख्ने काम नगर्नुहोला ।

वृश्चिक राशि

वृश्चिक राशिका व्यक्ति कानूनी अड्चनमा फस्ने हुनसक्छ । बोलीमा नियन्त्रण नराख्नाले परिवारभित्रै खटपट हुने, साथीसंग मतभेद रहने तथा नोकरीमा समेत असर पर्ने हुनसक्छ । यस अवधिमा शारीरिक कष्ट बेहोर्नु पर्ने भएपनि धन प्राप्तीको योग भने बन्नेछ ।

धनु राशि

धनु राशिका व्यक्तिमा मानसिक द्वन्द्व बढ्ने, चोट वा रोग लाग्नसक्ने, योजना विफल हुनसक्नेछ । यस अवधिमा अपरिचित व्यक्तिको विश्वास नगर्नुहोला । प्रेममा धोका पाइन सकिनेछ । व्यवसाय अनुकूल रहने, प्रसन्नता बढ्ने तथा भाग्यले साथ दिने समय छ ।

मकर राशि

मकर राशिका व्यक्तिले तीर्थ दर्शन प्राप्त गर्ने समय छ । प्रभावशाली व्यक्तिका साथ रहने भएकाले कार्यको बाधा हटेर जानेछ । व्यापार÷व्यवसाय चाहे अनुसारको प्राप्त हुनेछ । तर फाल्गुणपछि तनाव बढ्ने, थकान महशुस हुने भएकाले हतोत्साहित नभई निर्णय लिन आवश्यक छ ।

कुम्भ राशि

कुम्भ राशिका व्यक्तिका लागि यो अवधि प्रेमप्रसंगका लागि उत्तम छ । सोचे अनुरुपको काम बन्नेछ, प्रसन्नता स्थिर हुनेछ, प्रभावशाली व्यक्तिको सहयोग मिल्नेछ । हतारमा काम नथाल्नु होला, पारिवारिक सम्बन्धमा प्रगाढता भएपनि बाहिरी सम्बन्ध भने बिग्रने छ । बोलीमा ध्यान दिनुहोला ।

मीन राशि

मीन राशिका व्यक्तिलाई कष्ट, भय, तनाव वा चिन्ता बढ्ने साथै अनावश्यक जोखिम बहन गर्नुपर्ने हुनसक्छ । वाहन वा मेसिनरी सामाग्रीको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । भुलेर पनि झगडामा नपर्नुहोला अन्यथा यसले ठूलो क्षति निम्त्याउन सक्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : ५१ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम