२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख « Khabarhub

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी भएकी छन् । २०५७ जना सांसद उपस्थित भएर मतदान भएको हो।

हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीकी समानुपातिक सांसद उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि समर्थन गरेपछि उपसभामुखमा विजयी भएकी हुन्। उनी सम्भवत: विश्वकै कान्छी उपसभामुख रहेको कुरा श्रमसंस्कृतिका अध्यक्ष हर्क साम्पाङले संसद् बैठकमै गरे ।

रुबी संलग्न श्रमसंस्कृतिका ७ सांसदसहित उनले दुईतिहाइभन्दा धेरै मत पाइन् । संसद्मा जम्मा उपस्थित २५६ सांसदमध्ये उनलाई उसभामुख बनाउँदा हुन्छ भन्ने पक्षमा २२९ मत परेको छ। त्यस्तै हुन्न भन्ने पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीको ५ मत परेको छ। उता मत दिन्न भन्ने पक्षमा २२ मत परेको घोषणा सभामुख डोलप्रसाद अर्यालले गरे।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपसभामुखकी उम्मेदवार सरस्वती लामालाई पराजित गरेकी छन् । सरस्वतीले राप्रपाका केबल ५ सांसदको मात्रै मत पाएकी छन् । उनलाई मत दिन्न भन्ने पक्षमा २१५ मत परेको छ। उता तटस्थ सांसदको संख्या ३७ छ ।

को हुन् रुबी ?

नाम: रुबीकुमारी ठाकुर
उमेर: २६ वर्ष
जन्मस्थान: धनुषा, मझेलिया, ठाकुर बस्ती
पारिवारिक पृष्ठभूमि: ४ बहिनी र २ भाइ, बाबु विदेशमा रोजगारी, आमा गृहिणी
शैक्षिक योग्यता: एसईई, ३ वर्षे डिप्लोमा (इन्जिनियरिङ), हाल सिभिल इञ्जिनियरिङ अध्ययनरत
पेशा: सांसद (समानुपातिक सांसद, मधेशी जनजाति क्लस्टर), श्रमसंस्कृति पार्टी
अनुभव : वास्तुकला कम्पनीकी पूर्वकर्मचारी

रुबीकुमारी ठाकुर सामान्य परिवारबाट अचानक राजनीतिमा उदाएकी युवती हुन् । बाल्यकालदेखि नै सामाजिक भेदभाव र परिवारिक जिम्मेवारी सम्हाल्दै आएकी उनलाई श्रमसंस्कृतिले मधेशी जनजाति समूहबाट सांसद बनाएको हो ।

उनका बुवा साउदी अरबमा काम गर्दै आएका छन् । आमा गृहिणी हुन् । उनको परिवारको आम्दानी सीमित छ । त्यहीकारण उनले बालककालदेखि नै आत्मनिर्भर र जिम्मेवार बन्ने कोसिसमै संघर्ष गरिरहिन्।

उनले एसईई पास गरेपछि धनुषाकै बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लोमा पूरा गरी वास्तुकला कन्सल्टेन्सीमा ७ महिना काम गरिन्। उनले त्यहाँ महिनाको २० हजार कमाउँथिन् । कमाइको केही रकम उनले घर धान्न पठाउँथिन् ।

उनको राजनीतिक यात्रा आकस्मिक रुपमा अघि बढेको हो । सामाजिक सञ्जालमार्फत् हर्क साम्पाङका गतिविधि नियाल्दै समर्थन गर्थिन् । त्यहीँबाट रुबीकुमारीले राजनीतिकको ढोका खोलिन् ।

गत फागुन २१ गतेको चुनावी अभियानका क्रममा उनले धनुषा-४ मा प्रचार गर्दै श्रमसंस्कृतिका लागि भोट मागिन् ।

हर्कले उनलाई मधेशी जनजाति क्लस्टरबाट समानुपातिक सांसदको उम्मेदवार बनाएका थिए । उनी पार्टीबाट कान्छी सांसदका रुपमा थिइन् । अब उनी अहिलेसम्मकै कान्छी उपसभामुख बनेकी छन् ।

उनलले सामाजिक न्याय, महिला सशक्तीकरण, दाइजो प्रथा र बालविवाह जस्ता विषयलाई प्राथमिकता दिएर आवाज उठाउँछिन् ।

उनले दाइजो प्रथा कानुनले निषेध गरे पनि व्यवहारमा यथावत रहेको बताइन् । उनले मधेशमा बालविवाह पूर्ण रूपमा नरोकिएको बताउँदै यी सामाजिक मुद्दा संसद्मा उठाउने बताएकी थिइन् ।

रुबीले शिक्षा र राजनीतिलाई एकसाथ लैजाने योजना बनाएकी छन्। सिभिल इञ्जिनियरिङ अध्ययनरत उनी ब्याचलर (बीई) पनि गर्ने योजनामा छिन्।

देशकै कान्छी सांसद बनेकी उनी अब उपसभामुखको कुर्सीमा पुगेर अझै सामाजिक न्यायका लागि आवाज उठाउन तयार भएकी छन् । अब उनले सामाजिक कुरीति र अन्यायविरुद्ध संसद्बाट कानुन निर्माणमा आफूलाई निर्णायक बनाएर उभ्याएकी छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ५८ बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा